समाचार

जागिर चाहिनेले निवेदन दिनुस् भन्दै नगरपालिकाले निकाल्यो विज्ञापन, भदौ ७ सम्म अन्तिम म्याद

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को प्रारम्भकै दिन यही साउन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत संलग्न हुन चाहनेलाई निवेदन माग ग¥यो । नगरका १८ देखि ५९ उमेर समूहका बेरोजगार व्यक्तिले निवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

सय दिनको उक्त रोजगार कार्यक्रमअन्तर्गत आजदेखि भदौ सात गतेसम्म निवेदन दिन पाउ गरी प्रकाशित उक्त सूचनामा नगरभित्रका नागरिक सहभागी हुन पाउने हुन् । “प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता हो”, नगरप्रमुख टिपी शर्माले भन्नुभयो । उहाँका अनुसार गत साल प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी बन्यो, यस वर्ष पनि रोजगारप्रति नगरका बासिन्दाको आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमअन्तर्गत नै बनेपा, पनौती र मण्डनदेउपुर नगरले पनि साउन पहिलोसाता सँगसँगै रोजगारी संलग्न हुन चाहनेको निवेदन माग गरेको छन् । काम गर्न चाहने नागरिकले निवेदन दिन ती नगरले आह्वान गरेका हुन् । कृषिजन्य उत्पादनमा वर्षेनी तीन महिना मात्रै खान पुग्ने परिवारका सदस्य, निजी बसोबासका नभएका, एक्ल महिला, दलित समुदायका व्यक्ति, अल्पसङ्ख्यक तथा लोपोन्मुख परिवारका सदस्य, शहीद तथा बे प त्ता पारिएका सदस्यलाई रोजगारीमा प्राथमिकता दिइएको पनौती नगरप्रमुख भिम न्यौपानेले जानकारी दिनुभयो ।

मण्डनदेउपुर नगरले भने ‘कामको लागि खाद्यान्न’ कार्यक्रम पनि सञ्चालन गरेको छ । नगरले कोरोना भाइरस स’ङ्क्र’मणको उच्च जोखिमका कारण खाद्यान्नको समस्या परेका नगरका बासिन्दालाई लक्षित गरी सञ्चालन भएको उक्त कार्यक्रमअन्तर्गत वडामा सञ्चालित सार्वजनिक काममा सहभागिता जनाउनुपर्नेछ । निर्धारित समयअनुसार राहत प्याकेजमा २० किलो चामल, दुई किलो दाल, एक लिटर तेल र दुई प्याकेट नुन दिने गरेको छ ।

बनेपा नगरले रोजगारीको हकसम्बन्धी ऐन, २०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आर्थिक वर्ष २०७७÷०७८ का लागि न्यूनतम् १०० दिनको रोजगारीमा इच्छुक नगरका बेरोगजार व्यक्तिले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सूचित गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी बनेको बनेपा नगर उपप्रमुख रेखा दाहाल सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “रोजगार कार्यक्रमले राहत मिलेको र नागरिक निकै उत्साहित बनेको पाइयो ।”

काभ्रेपलाञ्चोकका स्थानीय तह आर्थिक वर्ष शुरुआती चरणमै सो कार्यक्रमलाई गत सालकै निरन्तरतामा देखिएका छन् । “प्रधानमन्त्री रोजगार कार्यक्रमको तयारीमा छौँ, यस वर्ष निकै उत्साहजनक हुनेछ”, धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले भन्नुभयो । कार्यक्रमन्तर्गत यहाँका स्थानीत तहले गतसाल आफ्नो क्षेत्रका करिब एकदेखि दुई सयसम्म बेरोजगार नागरिकलाई रोजगारी प्रदान गरिसकेका छन् । काभ्रेपलाञ्चोकमा छ नगर र सात गाउँपालिका छन् ।

कार्यक्रमअन्तर्गत स्थानीय जनप्रतिनिधिले महत्व दिई पहल गरेका सडक निर्माण तथा मर्मत, कृषि तथा सिँचाइ, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसफाइ, शिक्षा, वन, जलाधार, पर्यटन र आवश्यकताअनुसार अन्य श्रममा लगाइनेछ । पारिश्रमिक निर्धारण समितिले दैनिक ज्याला रु ५१७ तोकेको छ । जसअनुसार एक व्यक्तिले तोकिएको पूरा समय काम गरे रु ५१ हजार ७०० ज्याला पाउनेछन् ।

सो कार्यक्रमका लागि गत वर्ष कूल रु तीन अर्ब १० करोड विनियोजन गरेको सरकारले यस वर्षका लागि रु ११ अर्ब ६० करोड विनियोजन गरेको छ । सरकारले श्रमजीवी जनताले भोग्दै आएको बेरोजगार समस्यालाई प्राथमिकता दिइएको कार्यक्रमले गरिब तथा मध्यम परिवारलाई पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गर्न लिएको अठोटकाबीच अल्पकालीन यस कार्यक्रमलाई दिगोपना र रोजगार सिर्जनामा रुपान्तरण गर्ने चुनौती भने कायमै देखिएको छ । सात प्रदेशका ७५३ वटै स्थानीय तहमा यस वर्ष दुई लाख रोजगारी सिर्जना गर्ने सरकारको उद्देश्य रहेको छ ।

Related Articles

Back to top button
Close