समाचार

साउन ३२ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय

काठमाण्डौ –साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ । सरकारल ेकोरोना भाइरस रोकथामको लागि साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णग गरेको हो ।

साउन ६ गतेसम्म सीमा बन्दको निर्णय भएकोमा यसलाई थपेर साउन ३२ गते पुर्‍याइएको हो । सीमा नाकाबाट हुने सामान्य आवागमनलाई भने सरकारले रोकेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडा बताए ।सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई पनि ल्याउने बताइएको छ ।

कोरोना नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि सुरु गरेको ‘लडाउन’को अन्त्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गतेको मध्यरातदेखि लागू हुनेगरी लकडाउनअन्त्य गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधीमन्त्री युवराज खतिवडाले जानकारी दिए।

Related Articles

Back to top button
Close