अन्तर्राष्ट्रिय समाचार

अमिताभ बच्चनको परिवारपछि यि आधा दर्जन बढी बलिउडकर्मीमा देखियो कोरोना संक्रमण

काठमाडौँ, साउन ६ । बलिउडका महानायक अमिताभ बच्चनको परिवारमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि बलिउडमा अन्य कलाकारहरुलाई पनि एकपछि अर्को गर्दै देखिन थालेको छ । भारतमा दैनिक हजारौंको संख्यामा कोरोना भाइरसका बिरामी थपिएका बेला राजु खेर, करीम मोरानी, पुरब कोहली, ध्रुव सरजा र उनकी पत्नी, ऐश्वर्या अर्जुन, लगायतका आधा दर्जनमा पनि संक्रमणको पुष्टि भएको छ । अनुपम खेरका भाइ राज खेरमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

साथै उनकी पत्नीमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । यी दुवैलाई अस्पतालमा भर्ना गरिएको छ । त्यस्तै फिल्म निर्माता करीम मोरानी पनि कोरोना भाइरसको संक्रमण पश्चात अस्पताल भर्ना भएका छन् । त्यस्तै दक्षिण भारतीय फिल्मकी अभिनेत्री ऐश्वर्या अर्जुनमा कोरोना पोजेटिभ देखिएको छ ।

उनले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिँदै भनेकी छिन् ‘हालै मेरो कोरोना टेस्ट पोजेटिभ आएको छ, म घरमै क्वारेन्टिनमा छु, मेडिकल टिमले दिएको सबै सल्लाहको पालना गरिरहेकी छु ।

ऐश्वर्याभन्दा पहिले अर्जुन सरजाका भतिजा ध्रुव सरजा र उनकी पत्नीमा पनि कोरोना देखिएको थियो । बलिउडमा सबैभन्दा पहिलागायिका कनिका कपूरमा पनि कोरोना पोजेटिभ देखिएसँगै उनी थप चर्चामा आइन् । उनी बलिउडकी पहिली कोरोना पोजेटिभ हुन् ।

लण्डनबाट भारत आउने क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो । उनले भारतमा आएर पार्टीमा सहभागी जनाएका कारण पनि उनको विरोध भएसँगै चर्को विबादमा तानिइन् । संक्रमण पुष्टी भएपछि पनि कार्यक्रममा नै गएपछि उनी चर्को विबादमा तानिएकी हुन् ।

Related Articles

Back to top button
Close