अन्तर्राष्ट्रिय समाचार

अमेरिकामा एकै दिन ६० हजार सङ्क्रमित थपिए

वासिङ्टन ।संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले गएको २४ घन्टामा ६१ हजार २८८ जना सङ्क्रमित थपिएको बताएको हो ।त्यस्तै गएको २४ घन्टायता मात्र ४८८ जनाको यो सङ्क्रमणका कारण ज्यान गएको अमेरिकाको जोन हा’प्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । यहाँ सङ्क्रमितको सङ्ख्या अझै धेरै हुनसक्ने अनुमान पनि गरिएको छ ।कोरोना भाइरसबारे विश्वव्यापी तथ्याङ्क सङ्कलन गरिरहेको जोन ह’प्किन्स विश्वविद्यायका अनुसार यसअघि यहाँ अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३८ लाख ना’घेको छ ।

उक्त विश्वविद्यालयले यहाँ एक लाख ४० हजार ९२२ जनाको ज्यान गइसकेको छ । गएको २४ घन्टामा मात्र यहाँ ४८८ जना सङ्क्रमितको नि’धन भएको बताइएको छ ।सङ्क्रमण तीव्र भएपछि केही राज्यले व्यापार व्य’वसाय सुचारु गर्ने यो’जनापछि सा’रेका जनाइएको थियो । तर पछि आएर धेरै राज्यमा व्यापार व्यवसाय पनि शुरु भएको छ ।यसरी अमेरिका कोभिड १९ बाट सबैभन्दा बढी प्र’भावित भएको देशका रुपमा रहेको छ । सोमबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन सबैलाई अपिल गर्नुभएको छ ।विगतमा लामो समयसम्म उहाँ आफैले पनि मास्क नलगाउने गर्नुभएको थियो ।

आगामी नोभेम्बरमा यहाँ राष्ट्रपतीय नि’र्वाचनको अभियान शुरु हुदैछ । त्यसैले सो नि’र्वाचन झन् कोरोना महामारी फैलिन सक्ने त्रा’स देखिएको छ ।सीडीसीले पछिल्लो समय देशका दक्षिणी र पश्चिमी राज्यहरूमा सङ्क्रमितको सङ्ख्या निकै बढेको छ । यसबारे अध्ययन अनुसन्धान गरिरहेका वासिङ्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले आगामी अक्टोबर महिनासम्ममा एक लाख ८० हजारको मृ’त्यु हुने अनुमान गरेका छन् ।रासस / एएनआई

Related Articles

Back to top button
Close