समाचार

खुशीको खबर, नेपालमा एकैदिन ६०९ जनाले कोरोनालाई जितेर घर फर्के

काठमाडौ, साउन ६- नेपालमा थप ६ सय ९ जना कोरोनालाई जितेर घर फर्केका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ९ जनाले कोरोना जितेर घर फर्केका हुन् । योसँगै निको हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ।पछिल्लो २४ घण्टामा २७ परीक्षण केन्द्रमा ३ हजार ९६३ जनाको पीरीआर परीक्षण गरिएको थियो।

यो पनि : कोरोना हावाबाट पनि सर्न सक्छ

कोरोना संक्रमण हावाबाट सर्ने भन्दै ३२ देशका २ सय ३९ जना बैज्ञानिकले धारणा बनाउन विश्व स्वास्थ्य संगठनलाई दवाव दिइरहेका छन् । बन्द कोठा तथा हलमा कन्सर्ट गर्दा, चिच्याएर गाउदा हुटिंग गर्दा नाक मुखबाट भाइरस सर्ने हुँदा धेरै जना सर्न सक्छ ।

चिच्याएर गाउँदा, हुटिंग गर्दा तथा बोल्दा गह्रौं छिटा सतहमा खस्छन् भने साना र हल्का छिटा त्यहाँ रहेको हावामा केही बेर तैरिइरहन्छ । हावामा झुण्डिएका ती कणहरु हावाले यताउता उडाएर लैजान सक्छ । त्यही कणसहितको वाहा भएको क्षेत्रमा रहको मानिसहरुले सास लिंदा ती कणहरु हाम्रो फोक्सोमा प्रवेश गर्दछन् ।

पहिले पहिले संक्रमण भएका मानिसको निश्चित दूरी नजिक आएपछि मात्रै संक्रमण फैलिन्छ भन्ने मान्यता रहिआएको थियो । तर अहिले पछिल्लो चरणमा ‘हावाबाट संक्रमण फैलिन्छ भन्ने अवधारणा आएकाले हामीले पनि ख्याल गर्र्न जरुरी भएको’ जनस्वास्थ्य विज्ञ डाक्टर पाण्डे बताउँछन् ।

Related Articles

Back to top button
Close