समाचार

दिदी भेट्न आएका दुई भाई पहिरोमा पुरीए

दार्चुला । लगातार परेको वर्षाका कारण मुलुकभर बाढी पहिरो जारी छ । सडक भत्किएर अवरुद्ध भएको छ । पुल भाँचिएका छन् । दार्चुलामा आफ्नो दिदी भेट्न आएका दुई भाईलाई पहिरोले पुरेको छ । उनीहरु अझै फेरापरेका छैनन् ।

जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा सोमबार राती घर माथिबाट पहिरो खस्दा उनीहरु हराएका हुन् । घरका अन्य २ जनाको उद्धार गरिएको । एकजना घरभित्र सुरक्षित रहेको र उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताए। मंगलबार बिहान ३ बजेतिर माथिबाट पहिरो खस्दा आधा घर पुरीएको थियो ।

३५ वर्षीय लक्ष्मी ढोली उनका ९ वर्षीय छोरा शुबम् परियारको जिवितै उद्धार गरिएको छ।परियारलाई सामान्य चोटपटक लागेको छ । घटनामा ढोलीकी छोरी सोनिया घरभित्रै अड्किएकी छन् । उनलाई सकुशल उद्दार गर्ने प्रयास भइरहेको छ । अरु २ जना अरुण दर्जी र मिलन दर्जीको अवस्था अज्ञात रहेको छ । उनीहरु लक्ष्मी ढोलीका भाइहरु भएकाले दिदीलाई भेट्न आएको बुझिएको छ । उद्धारको कार्य भइरहकाले थप क्षतिबारे विवरण आउन बाँकी रहेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेनद्रसिंह धामीले बताए।

यो अर्को समाचार, सप्तकोसीमा उर्लियो बाढी
राजविराज सप्तकोसी नदीमा मंगलबार बिहानबाट बाढी उर्लिएको छ । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नि यन्त्र ण कक्षले जनाएको छ ।

कोसी ब्यारेज भएर भइरहेको यो बहाव यो वर्षको सबैभन्दा बढी हो । मंगलबार बिहानको बहावले खतराको सतह पार गरेकोले तटीय क्षेत्रमा सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । सप्तकोसीमा बहाव बढेसँगै पश्चिमी तटबन्धसँग टाँसिएका बस्तीहरु जोखिममा परेका छन् भने मध्यकोसीमा रहेको गोबरगाढा गाउँ पानीले घेरिएको छ । यसअघिकै बाढीमा स्थानीय तहले गोबरगाढाका बासिन्दाहरुलाई टापुबाट निकाल्ने प्रयास गरे पनि स्थानीयहरु निस्कन मानेका छैनन् । कोसीमा अत्यधिक बहाब भएसँगै बस्तीका घर घरमा पानी पसेको छ ।

Related Articles

Back to top button
Close