समाचार

पूर्वलडाकु सेनाको सहायक रथी बन्दै, विशेष निर्णय गर्न मन्त्रिपरिषद्मा सिफारिस

काठमाडौं। पूर्वमाओवादी लडाकुबाट सेना समायोजनमा परेका यमबहादुर अधिकारी (प्रतीक्षा) नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जनरल) बन्ने निश्चित भएको छ। लामो समयदेखि उनले सहायक रथीका लागि राजनीतिक र आन्तरिक पहल गर्दै आएका थिए। उनले आफूलाई सहायक रथी बनाउन रक्षा मन्त्रालय र जंगी अड्डामा निवेदन समेत दिएका थिए।

लामो राजनीतिक दबाब र सेना भित्रको ‘चेनअफ कमाण्ड’ को रस्साकस्सीपछि बीचको बाटो निकाल्दै उनलाई सहायक रथी बनाउने निधो भएको प्रधानमन्त्री कार्यालय उच्चस्रोतले बतायो। उनलाई मानर्थ सहायक रथी दिने गरी सिफारिस भएको छ।

चार वर्षसम्म उनी सहायक रथी रहने र त्यसपछि पद स्वत खारेज हुनेगरी सिफरिस भएको स्रोतले बताएको छ। उनलाई सहायक रथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ। शान्ति प्रक्रियाको केही काम अझै टुंगोमा पुग्ने अवस्थामा रहेकाले मनोवल गिर्न नदिन पनि रक्षाले यस्तो निर्णय लिएको सन्देश सेनालाई प्रवाह गरेको अधिकारीले बताए।

सत्तारुढ दलभित्र सहमतिपछि उनको नाम रक्षाबाट मन्त्रिपरिषद्मा पठाइएको स्रोतले बतायो। ‘हाइअर कमाण्ड कोर्ष’ बेगर सहायक रथी बन्न पाइँदैन। उनी गत वर्ष नै हाइअर कमाण्डका लागि चयन भए पनि उनले पर्यवेक्षक भूमिका मात्र निर्वाह गरेका कारण बढुवामा अयोग्य ठहरिएका हुन्।

शान्ति प्रक्रियापछि समायोजन रोजेर उनी नेपाली सेनाको उपसेनानी ९लेफ्टिनेन्ट० बनेको केही महिनाभित्रै महासेनानी ९कर्णेल० दर्जा पाएका थिए। पूर्वलडाकुलाई महासेनानी बनाउने राजनीतिक निर्णय भए पनि अधिकृत तालिम पूरा गरेपछि विस्तारै अन्य प्रशिक्षणमा खार्र्दै महासेनानी बनाइएको बताएको थियो। त्यो पदभन्दामाथि लैजाने कुनै सहमति थिएन। तर, ‘भद्र सहमति’ अनुसार आवश्यक प्रशिक्षण पूरा गरे सहायक रथीसम्म लैजाने भनिएको थियो।

समायोजन लगत्तै अधिकृत तालिममा सहभागी ७१ जना पूर्वलडाकु सबैले नौ महिने तालिम पूरा गरेपछि उपसेनानी ९लेफ्टिनेन्ट० दर्जा दिइएको थियो। लगत्तै तीन महिने विशेष तालिम गराएर सहसेनानी ९क्याप्टेन० र सेनानी ९मेजर० मा बढुवा गरिएको थियो। तीमध्ये तीनजनालाई गणपति तालीम दिएर प्रमुख सेनानी ९लेफ्टिनेन्ट कर्णेल० बनाइएकोमा अधिकारी अग्रस्थानमा रहँदै महासेनानी ९कर्णेल० बनेका थिए।

बाह्रबुँदे सहमति अनुरूप माओवादी शान्तिप्रक्रियामा आएपछि पूर्वलडाकुलाई नेपाली सेनामा समायोजन प्रक्रियाअन्तर्गत उनी महासेनानी भएका थिए। ०६९ असोजमा नेपाली सेनाद्वारा अन्य दर्जाका लागि १ हजार ३ सय ८८ र अधिकृत तहको परीक्षामा ७१ जना पूर्वलडाकु उत्तीर्ण भएका थिए। प्रमुख दलबीच त्यसलगत्तै १६ कात्तिकमा लडाकुको सेनामा समायोजन तथा पुनस्र्थापनासम्बन्धी ७ बुँदे सहमति, समायोजनका लागि छानिएका लडाकु सेनाको जिम्मा दिइएको थियो। सरकारले ०६९ चैत मा विशेष समिति भंग गर्दै शान्ति प्रक्रिया सम्पन्न भएको सन्देश विश्वलाई दिएको थियो। पूर्व लडाकुका सबै शिविर नेपाली सेनाअन्तर्गत ल्याएर मुलुकमा विद्रोही लडाकु रहेको स्थितिको अन्त्य भएको थियो।

सेना समयोजन विशष समितिमा संयोजनकारी भूमिका निर्वाह गरेका पूर्व रथी बालानन्द शर्मा विद्रोही पक्षका सेना सहायक रथी हुन नमिल्ने भन्ने छैन तर उसले सेनाको सबै प्रक्रिया पूरा गरेको हुनुपर्ने बताउँछन्। यो पदसम्मको लागि भन्ने नभएको उल्लेख गर्दै उनले भने, ‘थप पदमा पनि जान पाउँछ तर चेन अफ कमाण्ड’ मा रहेर आवश्यक प्रशिक्षण र अध्ययन पूरा गर्दै जानुपर्छ।’

नेपालको मौलिक तवरबाट भएको सहमति र सेना समायोजन विश्वमा नै नमूनाको रूपमा लिइन्छ। ०७० असारमा समायोजित १ हजार ३ सय ५१ पूर्वलडाकुद्वारा नेपाली सेनाको आधार सैन्य तालिम पूरा गरेका थिए। सरकारले तिनै मध्येबाट अधिकारीलाई यतिबेला विशेष पद सहायक रथी तय गर्दै उनको सेवानिवृत्त पछि स्वतः खारेज हुने गरी बढुवा गर्न लागेको हो।

नेपाली सेनाका प्रवक्त विज्ञानदेव पाण्डे यसबारेमा आफू अनविज्ञ रहेको बताउँछन्। ‘सेना भित्रको स्वभाविक र नियमित प्रक्रियबाट प्रस्ताव गएको छैन। अन्य कुनै प्रकारको सहमति भएको भए जानकारी छैन। यो विषयमा सोमबारसम्म बुझेर जानकारी दिन सक्नेछु’, प्रवक्ता पाण्डेले भने, ‘सेनामा चेनअफ कमाण्डको आफ्नै महत्त्व छ। यसमा सेना सचेत छ।’

नेपाली सेनाले राष्ट्र हितका लागि भन्दै आफैंसँग लडेका लडाकुलाई समायोजनका निम्ती स्वीकार गरी लचकता देखाएको थियो। गणपति तालिमपछि प्रमुख सेनानी बनेका तीनजनामध्ये अधिकारी महासेनानीमा बढुवा भएका थिए। समायोजनको समयमा राष्ट्रसंघीय मिसन अनमिनले गरेको प्रमाणीकरण, माओवादी सेनामा उनीहरूको वरिष्ठतालगायतलाई आधार बनाएर सेनाले पद मिलान गरेको थियो।

को हुन् अधिकारी ?
अधिकारी २०५२ मा माओवादी लडाकुमा प्रवेश गरेका ब्यक्ति हुन्। उनी माओवादी द्वन्द्व ताका चर्चित कृष्णभिरको दोहोरो भिडन्तका कमाण्डर थिए। धादिङका अधिकारी गणेशमान पुनको कमाण्डमा रहेको चौथो डिभिजनका उपप्रमुख थिए। पुन वाइसीयल नेतृत्त्व सम्हाल्न आएपछि अधिकारीले चौथो डिभिजनको कमाण्ड सम्हालेका थिए। उनी माओवादी भित्र सबैभन्दा जुनियर कमाण्डर पनि हुन्। उनी पुष्पकमल दाहालले निकै रुचाउने युवा कमाण्डर मध्येका पथ्र्ये। उनको बढुवाको विकल्प निकाल्न पनि दाहालको भूमिका रहको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

शान्ति प्रक्रिया सम्पन्न गर्ने क्रममा अनमिनले प्रमाणीकरण गरेका १९ हजार ६ सय २ लडाकु मध्ये १५ हजार ६ सय ३० जना लडाकु ‘स्वेच्छिक अवकाश’ रोज्दै फर्किएका थिए। १ हजार ४ सय २१ जना नेपाली सेनामा समायोजन भएका थिए। उक्त प्रक्रिया पूरा गर्न दुवै पक्षलाई ६ वर्ष लागेको थियो। लडाकु समायोजन प्रक्रियामा मुलुकले झण्डै २० अर्ब खर्च गरेको छ। अनमिनले प्रमाणीकरण गरेका लडाकुलाई अनमिन फर्केपछि ‘माओवादी सेनाका लडाकुको रेखदेख, पुनस्र्थापन तथा समायोजन विशेष समिति’ ले पुनः वर्गीकरण गर्दा २ हजार ४ सय ५६ लडाकु अनुपस्थित भेटिएपछि रकम हिनामिनाको विषय समेत उठेको थियो।

प्रशंसनीय शान्ति प्रक्रिया
सरकार र तत्कालीन माओवादीबीच विस्तृत शान्ति सम्झौता ९०६३ मंसिर ० हस्ताक्षर सँगै २८ क्यान्टोन्मेन्टमा हातहतियार राख्ने सहमति भएको थियो। अनमिनले लडाकु र हतियारको वर्गीकरण ९०६४ पुस ० मा गरेको थियो। त्यसको दुई वर्षपछि सरकार–माओवादीबीच अयोग्य लडाकुलाई शिबिरबाट बाहिर निकाल्ने सहमति भयो।

०६६ माघमा अयोग्य लडाकु शिविरबाट बाहिर निस्किएका थिए। उक्त काम सकिएको १३ महिनापछि शिविरका लडाकुहरू विशेष समितिअन्तर्गत आउँदै ०६७ माघ १ मा अनमिनको बिदाइ भयो। ०६८ चैतमा सेना समायोजन प्रक्रिया टुंग्याउँदै दलबीच लडाकु शिविर र हतियार सरकार मातहतमा ल्याएर शान्ति प्रक्रिया सफलता चुमेको थियो। यद्यपी अझै द्वन्द्वको घाउ निको भइसकेको छैन। माओवादी द्वन्द्वमा १७ हजार ८ सय २८ नेपालीले ज्यान गुमाएका थिए। बेपत्ता र घाइतेको पनि संख्या उत्तिकै छ। यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

Related Articles

Back to top button
Close