समाचार

अझै तीन दिन निरन्तर ठ्रलो पानी पर्ने

६ श्रावण २०७७, मंगलवार काठमाडौं । मनसुन सक्रिय भएसँगै आइतबारबाट सुरु भएको भारी वर्षाको क्रम अझै तीन दिनसम्म कायम रहने भएको छ । मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेका कारण देशका अधिकांश भूभागमा बिहीबारसम्म लगातार वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले प्रदेश २, ५, गण्डकी र बागमति प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । प्रदेश नम्बर १, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि लगातार वर्षा भइरहेको छ । यो क्रम आज दिनभर जारी रहने महाशाखाकी मौसमविद् सजिना शाक्यले बताइन् । उनका अनुसार उपत्यकासहित देशैभर आगामी तीन दिन लागातार वर्षा हुनेछ ।पछिल्लो १२ घण्टामा सबैभन्दा बढि वर्षा रुपेन्देहीमा १ सय ९० मिलिमिटर वर्षा भएको छ ।कपिलवस्तुमा १ सय १० मिलिमिटर वर्षा भएको मौसमविद् शाक्यले जानकारी दिइन् ।उनका अनुसार मकवानपुर गढीमा ११४, पोखरामा १०५, धनुषामा ९८, सिमरामा ८३, काठमाडौं उपत्यकामा ५५.३ मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै परासीमा ५९, धनकुटामा ३१, दार्चुलामा ३१ मिलिमिटर वर्षा भएको छ ।५० मिलिमिटरभन्दा बढि वर्षा भएको अवस्थालाई भारी वर्षा भन्ने गरिन्छ भने सय मिलिमिटरभन्दा बढि वर्षा भए अति भारी वर्षा भन्ने गरिन्छ ।भारी वर्षासँगै देशका विभिन्न ठाउँ डु’वानमा पर्ने, नदीमा जलस्तर बढ्ने र पहिरो जाने क्रम ति’ब्र बनेको छ ।प्रदेश २ र प्रदेश ५ का अधिकांश भूभाग डु’वानमा परेका छन् भने ठाउँ ठाउँमा बाढी बस्तीमा प’सेको छ । पहाडी जिल्लामा पहिरोको जो’खिम उच्च बनेको छ ।

Related Articles

Back to top button
Close