भिडियो

पहिलोपटक टेलिभिजनमा भक्कानिए महानायक राजेश हमाल ( भिडियो हेर्नुहोस् )

काठमाडौं ०६ साउन / तिनदशक लामो समय आफूलाई नेपाली चलचित्रमा समर्पित गरिसकेका महानायक राजेश हमालको पछिल्लो समय केहिदिन यतादेखि फेरि सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ ।

‘महानायक’ को बिषयलाई लिएर चलेको चर्चा सेलाउँदै गइरहेको बेला राजेश हमालले एक टेलिभिजनमा अन्तर्वातामा विगतका क्षणहरुलाई सम्झिएर भावुक बनेका छन् । ‘महानायक’ उपाधी कस्ले र कहिले दिएको भन्ने बारेमा पनि खुलेर जवाफ दिएका छन् ।

पारिवारिक पृष्ठभूमि राम्रै भएतापनि एकाएक चलचित्रमा भविष्य खोज्न २०४६ देखि नेपाली चलचित्रमा ‘युग देखि युगसम्म’ चलचित्रबाट पाइला चालेका राजेेश हमालले पहिलो चलचित्रबाटै कहिल्यै पछाडि फर्केर हेर्न परेन ।

पहिलो चलचित्रबाटै दर्शकको मन मुटुमा बस्न सफल राजेश हमाले धेरै नेपाली कथानक चलचित्रमा गाउलेको भुमिकामा आफूलाई प्रस्तुत गरेका छन् । यसकारण पनि उनको लोकप्रियता गाउँको कुना कन्दरा देखि शहर सम्म उतिकै छ । पछिल्लो समय ‘महानायक’ विवादपछि राजेश हमालको पहिलो टेलिभिजन अन्तर्वाता सार्वजनिक भएको छ ।

हेर्नुहोस् ।

Related Articles

Back to top button
Close