अन्तर्राष्ट्रिय समाचार

शाहरुख खानले आफ्नो घरलाई चारैतिर प्लाष्टिकले ढाके

एजेन्सी , मुम्बईमा कोरोनाभाइरसको प्र’कोप तीब्र रुपमा बढिरहेको छ । अब बलिउड सेलिब्रिटी पनि यसको ज’कडमा आइरहेका छन् । केही दिनअघि अमिताभ बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका थिए । अमिताभबाहेक अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका छन् । यो देखेर अन्य सेलिब्रिटी पनि विशेष सा’वधानी अपनाइरहेका छन् ।बच्चन परिवारका सदस्य अहिले अस्पतालमा भर्ना छन् र आफ्नो उपचार गरिरहेका छन् । यसैबीच नायक शाहरुख खानले आफ्नो बंगला मन्नतलाई चारैतिर प्लाष्टिकले छोपेका छन् ।

स्मरण रहोस्, शाहरुख खान आफ्नी श्रीमती गौरी र तीन सन्तानसहित मन्नतमा बसिरहेका छन् । साथै शाहरुखले आफ्नो पाँच तले अफिसलाई कोरोना बि’रामीको उपचारका लागि बीएमसीलाई दिएका छन् । शाहरुखले सा’वधानी अपनाउँदै आफ्नो घरलाई चारैतिर छो’पेका छन् ।भारतीय मिडियाका प्रकाशित समाचारका अनुसार शाहरुख खानले आफ्नो घरलाई कोरोनाको डरले नभई वर्षाको ड’रले ढा’केको बताएका छन् । शाहरुख खानको पूरा घरलाई प्लाष्टिकले ढा’किएको छ ।

Related Articles

Back to top button
Close