समाचार

विद्यार्थी भर्ना खुला गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले विद्यार्थी भर्ना खुला गर्ने तयारी गरेको छ।

लामो समयदेखि बन्द रहेका विद्यालयहरुमा साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने मन्त्रिपरिषदले निर्णय गरेको एक मन्त्रीले बताए। यद्यपी अहिले तत्काल विद्यालयहरु खुल्ने छैनन्।
धेरैजसो विद्यालयमा अहिले पनि क्वारेन्टिन बनाइएको छ। ति विद्यालयलाई निर्मलीकरण गर्नेसमेत निर्णय भएको स्रोतले जनाएको छ।

यस्तै, सामुदायिक विद्यालयका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ।

यो पनि : कोरोना हावाबाट पनि सर्न सक्छ

कोरोना संक्रमण हावाबाट सर्ने भन्दै ३२ देशका २ सय ३९ जना बैज्ञानिकले धारणा बनाउन विश्व स्वास्थ्य संगठनलाई दवाव दिइरहेका छन् । बन्द कोठा तथा हलमा कन्सर्ट गर्दा, चिच्याएर गाउदा हुटिंग गर्दा नाक मुखबाट भाइरस सर्ने हुँदा धेरै जना सर्न सक्छ ।

चिच्याएर गाउँदा, हुटिंग गर्दा तथा बोल्दा गह्रौं छिटा सतहमा खस्छन् भने साना र हल्का छिटा त्यहाँ रहेको हावामा केही बेर तैरिइरहन्छ । हावामा झुण्डिएका ती कणहरु हावाले यताउता उडाएर लैजान सक्छ । त्यही कणसहितको वाहा भएको क्षेत्रमा रहको मानिसहरुले सास लिंदा ती कणहरु हाम्रो फोक्सोमा प्रवेश गर्दछन् ।

पहिले पहिले संक्रमण भएका मानिसको निश्चित दूरी नजिक आएपछि मात्रै संक्रमण फैलिन्छ भन्ने मान्यता रहिआएको थियो । तर अहिले पछिल्लो चरणमा ‘हावाबाट संक्रमण फैलिन्छ भन्ने अवधारणा आएकाले हामीले पनि ख्याल गर्र्न जरुरी भएको’ जनस्वास्थ्य विज्ञ डाक्टर पाण्डे बताउँछन् ।

Related Articles

Back to top button
Close