समाचार

काठमाडौं उपत्यकाका नदीहरु अ’न्धाधु’न्द यसरी उ’र्लिए : धेरै स्थान जलमग्न, नदी किनारका वस्तीहरु डु’बानमा

काठमाडौं,। काठमाडौं उपत्यकाका नदी नालाको बहाव सतर्कताको चरण पार गरेको छ । अविरल वर्षाका कारण काठमाडौं लगायतका खोला नदीहरुमा पानीको सतह बढेको छ । वागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, सुन्दरी घाट, रुद्रमति आदि खोलामा पानीको वहाव बढ्दा खोला किनाराका वस्तीहरु डुबेका छन् । कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा बाग्मती नदीमा पानीको बहाव बढेर बस्तीमा पसेको छ ।

अविरल वर्षाका कारण पानीको बहाब बढ्दा वागमतीमा आएको बाढी आएको छ । जसका कारण थापा थलीमा सुकुम्बासी वस्ती डुवानमा परेको छ । त्यस्तै भक्तपुरमा पनि हमुमन्ते खोलामा आएको बाढीले किनारका बस्ती डु’बाएको छ । भक्तपुरको चागुनारायण नगरपालिका–६ नगरकोटमा अविरल बर्षाका कारण पुल हाउस भ’त्किएको छ ।

डु’बानका कारण हालसम्म मानवीय क्ष’ति भएको छैन । तर काठमाडौं उपत्यकामा मानिसहरुको आवतजावतमा नै असहज अवस्था उत्पन्न भएको छ । कतिपय स्थानमा सवारी साधन नै डु’बाएका छन् भने नदी किनाराका सुकुम्वासी वस्तीको जनजीवन त’हसन’हस पारे को छ ।

Related Articles

Back to top button
Close