समाचार

बिहीबारदेखि सबैखाले सार्वजनिक यातायात चल्ने – जानकारीको लागी शेयर गरौँ !

काठमाडौं। आगामी बिहीबारदेखि लामो दूरीबाहेक सबैखाले सार्वजनिक यातायात सञ्चालनमा आउने भएको छ। यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल यातायात स्वतन्त्र मजदुर संघबीच सहमति जुटेसँगै साउन ८ गते बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालनमा आउने भएको हो। सरकारले म’जदुर र यातायात व्यवसायीले भोग्नुपरेका समस्या तथा उनीहरुका मागका विषय सम्बोधन गर्ने भएको छ।

यातायात म’जदुरहरुको को’रोना बिमा गर्ने र त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले तथा ५० प्रतिशत व्यवसायीले व्यहाेर्ने गरी विभागले सहजीकरण गर्ने सहमति भएको हो। को’रोनाका कारण यातायात मजदुरको मृ’त्यु भएमा उसलाई क्ष’तिपूर्ति प्रदान गर्नका लागि कोष खडा गर्नेगरी मन्त्रालय समक्ष विभागले सिफारिस गर्ने भएको छ।

यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाइजर, पन्जा, पीपीई) सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राईले जानकारी दिए। सरकाले असार २६ गते सार्वजनिक सवारी चलाउन दिने निर्णय गरे पनि यातायात व्यवसायीले अहिलेकै अवस्थामा सवारी नचलाउन नसकिने अडान लिएका थिए। अडानसँगै सरकारसँग वार्ता गर्न छुट्टै कार्यदलसमेत उनीहरुले बनाएका थिए।

उक्त कार्यदलले विभिन्न नेताहरुसँग आफ्ना समस्या राख्दै आएको थियो। सोही प्रयासपछि सोमबार सहमति जुटेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले जानकारी दिए। उनले भने, ‘सरकारले निर्णय गरेको १४ दिनपछि हामी ग्यारेजबाट सवारी निकाल्न तयार भएका छौँ। अब बिहीबारदेखि सबै खाले गाडी चल्नेछन्।’

अहिले यातायात व्यवसायीहरुले मध्यम र लामो दूरीका यातायात सञ्चालन गर्नसमेत पाउनुपर्ने माग राख्दै आएका छन्। काठमाडौँ उपत्यकामा सं’क्रमण निकै कम देखिइरहेको र अन्य जिल्लामा अझै पनि जोखिम हटिनसकेको अवस्थामा तत्कालै लामो दूरीको यातायात खुला गर्न नसकिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।

Related Articles

Back to top button
Close