समाचार

आज एकैदिन मलेसियाबाट १६ श’व नेपाल ल्याइयो

काठमाडौँ, ५ साउन – मलेसियाबाट आज एकैदिन १६ श’व नेपाल ल्याइएको छ । विभिन्न मुलुकबाट भइरहेको नेपालीको उ’द्धार उडानका क्रममा आज धेरै सङ्ख्यामा नेपालीको श’व ल्याइएको हो । आज क्वालालम्पुरबाट भएका दुई चार्टर्ड उडानमा क्रमशः १५ र एक गरी १६ श’व नेपाल आएका हुन् ।नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५ र हिमालय एयरलाइन्सले पनि क्वालालम्पुरबाटै एक श’व ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो पटक साउन ३ गते चार र साउन ४ गते चार श’व नेपाल ल्याइएको थियो ।

यसअघि विदेशमा अ’लपत्र नेपालीको उ’द्धार उडान शुरु गरेको पहिलो साता एकैदिन २५ श’व नेपाल ल्याइएको थियो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उ’डान भएका छन् । यी उडानमार्फत ५५८ नेपाली स्वदेश फर्किएका छन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट २५७ यात्रु तथा १५ श’व ल्याएको छ भने हिमालय एयरलाइन्सले मलेसियाबाटै दुई उडानमार्फत क्रमशः १५३ यात्रु र एक श’व तथा १४८ यात्रु काठमाडौँ ल्याएको छ ।दोहा, रियाद र दमामबाट थप नेपालीको उ’द्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज त्यसतर्फ प्र’स्थान गरेका विमानस्थले जनाएको छ ।

Related Articles

Back to top button
Close