समाचार

अविरल वर्षाका कारण हनुमन्तेको बाढीले भक्तपुरका तीन दर्जन घर डुबानमा, नौ सय रोपनी धानबाली डुबानमा

काठमाडौं- हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्र डुबानमा परेको छ । भक्तपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकृष्ण गोराका अनुसार लगाताको वर्षाका कारण बाराही क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेका छन् । बाढीले वडा नम्बर १, ३ र ४ क्षेत्र बढी क्षेत्र प्रभावित बनेका छन् ।

त्यस्तै राममन्दिर बाराहीस्थानदेखि डाक्टर युवा मोरा हस्पिटल सल्लाघारी क्षेत्रमा रहेको करिब नौ सय रोपनी धानबाली डुबानमा परेको उनले बताए ।हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी पसेको हो । यसो त वर्षे नि बर्खाको समयमा बाढी आँउदा दर्जनौ बस्ती डुबानमा परेका छन् भने जनधनको क्षती पनि उत्तिकै हुने गरेको छ ।

Related Articles

Back to top button
Close