हिमेशपछि यी सिंगरको गीत गाउने तयारीमा रानू मंडल
एजेन्सी- रेल्वे स्टेशनमा गीत गाएर चर्चित बनेकी रानु मण्डलको दिनमात्रै होइन जिन्दगी नै फेरिएको छ । रेल्वे स्टेशनमा गीत गाएको भिडियो खिचेर युट्युवमा अपलोड भए लगत्तै उनलाई गायक हिमेश रेशमियाले आफ्नो फिल्ममा गाउने मौका दिए भने वर्षौदेखि हराएकी उनकी छोरीसँग भाग्यले भेट मात्रै गारइदिएर उनका लागी बासको समेत ब्यबस्था भएको छ ।
पूरै जिन्दगी रेल स्टेशनमा गरीबीमा गुजारेकी रानू मण्डलको जीवनमा एकपछि अर्को गर्दै परिवर्तन आइरहेका बेला सलमान खानले रानूलाई मुम्बईमा ५५ लाखको घर पनि गिफ्ट दिए लगत्तै उनीसँग १० वर्षपछि उनकी छोरी पनि भेट्न आएकी छिन् । रानुकी छोरी खासमा सम्बन्धविच्छेद गरेर बसेकी रहिछिन् । किराना पसल चलाएर बस्ने रानुकी छोरी सातीकी एक छोरा भएको समाचारमा जनाइएको छ ।आमा भाइरल भएपछि उनी आमासम्म पुगेकी छिन् ।
रानुले रेलवे स्टेसनमा गाउँदै गरेको भिडियो अतिन्द्र चक्रवती नामका एक व्यक्तिले खिचेका थिए । उनले आफ्नो फेसबुकमा त्यो भिडियो राखेका थिए । जसका कारण रानुको जिवनस्तर नै फेरिएको छ । हाले एक खबर बाहिर आएको छ उनि फेरी भोजपुरी फिल्मको लागि गीत गाउने भएकी छिन् ।
उनको निकै मन छुने आवाज सुने पछि उनलाई फेरी अर्को अफर आएको हो । रानुलाई एक्टर प्रदीप पाण्डे चिंटूले गित रेकर्ड गर्ने भएका छन् । प्रदीपले उनि प्रतिको गीतको सुरिलो स्वरका कारण आफ्नो फिल्मको गीतमा गीत गाउन लगाउने भएका छन् ।