समाचार

यसकारण अमेकिारलाई छाेडेर कोरियाबाट किन्ने भयाे नेपालले ‘एम १६ राइफल’

काठमाडाैँ, १४ भदाै । अमेरिकाबाट पाँच हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा आएर रद्द भएको छ ।

अमेरिकाको प्रक्रिया रद्द भएपछि उही क्षमताको कोरियाली हतियार खरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृत दिएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार भुक्तानी प्रक्रियामा दुई देशबीच-फरक फरक कानुनी व्यवस्था भएका कारण अड्चन आएकाले अमेरिकासँग हतियार किन्ने सम्झौता खारेज गर्नुपरेको हो ।

पाण्डेका अनुसार अमेरिकाको बदलामा कोरियाली हतियार किन्ने सम्झौता भइसकेको छ । अमेरिकाझैं कोरियासँग हतियार किन्ने सम्झौता पनि जिटुजी अर्थात सरकारले सिधै अर्को सरकारसँग खरिद गर्ने प्रक्रियाबाट भएको पाण्डले बताउनुभयो ।

दक्षिण कोरियासँग नेपाली सेनाले अन्य युद्ध सामग्री किन्ने गरेको भए पनि राइफल किन्न लागिएको यो पहिलोपटक हो ।

Related Articles

Back to top button
Close