समाचार

किन घट्दैछन जापान जान चाहने नेपाली विद्यार्थी ?

काठमाडौं । शिक्षा मन्त्रालयले जेठ २९ गते बुधबारबाट जापान भाषा मात्र पढ्न जाने र पास गरेको लेभलमै पढ्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमतिपत्र (नो–अब्जेक्सन लेटर) नदिने निर्णय गरेको थियो ।

नेपालमै स्नातक गरिसकेर पनि स्नातक पढ्न तथा एसइई पढेर बाहिर जान नपाइने भन्दै त्यस्ता विद्यार्थीलाई अनुमित नदिने भनिएको वैदेशिक अध्ययन अनुमति शाखाका प्रवक्ता महेश्वर शर्माले बताए ।

भाषा मात्र पढ्न जानलाई अनुमति पत्र नदिने भनिएपछि जापानका लागि नो अब्जेक्सन लेटर लिन आउने विद्यार्थीको संख्या घटेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
शिक्षा मन्त्रालयअन्तरगत वैदेशिक अनुमितपत्र शाखाका अनुसार २०७६ साउनमा जापान जान एनओसी लिन आउनेको संख्या २४८ मात्र छ ।

आव २०७५–७६ जेठ २८ सम्म ८ हजार ३६ जनाले जापानका लागि एनओसी लिएका छन् तथा जेठ २८ देखि असार मसान्तसम्म ४८७ ले जापानका लागि एनओसी लिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Related Articles

Back to top button
Close