Banner newsसमाचार

सुन्दर भविष्य बनाउँने सपना देखेर विदेश गएका ७ सय ५३ नेपाली फर्के बाकसमा

काठमाडौं । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०७५–७६ मा विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारको परिवारलाई राहतस्वरुप ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ सहायता प्रदान गरेको छ । गत वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएक थिए ।

बोर्डले करार अवधिमानै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने गरेको छ । रोजगारीका क्रममा अंगभंग तथा बिरामी भएका ३ सय ३५ कामदारलाई एक वर्षमा ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ सहायता प्रदान गरिएको बोर्डले जनाएको छ । यो समाचार आजको कान्तिपुरमा छ ।

यो पनि हेर्नुहोस्, प्रधानन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट बिहिबार बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिने क्रममा एकैपटक दुईवटा गल्ती भएका छन् । प्रधानमन्त्रीको ट्विटर ह्यान्डलमा मेन्सन गरिएको ट्विटर अकाउन्ट बेलायती प्रधानमन्त्री जोन्सनको थिएन । यतिमात्र होइन, ट्विटरमा प्रयोग भएको भाषा पनि अशुद्धता देखिएको छ ।

नयाँ–नयाँ तथा रोचक भिडियो हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
ट्विटरमा प्रयोग गरेको अंग्रेजी शब्द अजुम्सनको हिज्जे गलत लेखिएको थियो । पहिलो ट्विटमा गल्ती देखिएपछि तत्काल त्यसलाई मेटेर दोस्रो ट्विटमार्फत बेलायती प्रधानमन्त्रीलाई बधाई व्यक्त गरिएको छ । तर दोस्रो ट्विटमा पनि हिज्जे गलत लेखेपछि तेस्रो ट्विटमार्फत सच्चाइएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल तथा मिडिया हेर्न आधा दर्जन व्यक्तिलाई विज्ञका रुपमा नियुक्त दिएर राखेका छन् । यिनै विज्ञका कारण यस्ता गल्ति दोहोरिने गरेका छन् । यसै कारण विदेशी सरकार प्रमुखलाई दिएको बधाईसमेत खल्लो बन्न पुगेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल यसलाई मानवीय त्रुटी भन्छन् । यो समाचार नागरिक दैनिकमा छ ।

Related Articles

Back to top button
Close