रोचकसमाचार

राती सुत्नुअघि यि काम अनिवार्य गर्नुस्, घरमा धनको कहिल्यै कमि हुदैँन ! पूरा पढ्नु होस ।।

जोतिषशास्त्र अनुसार, रातको लागि केहि यस्तो काम बताइएको छ जसलाइ पालना गरे फलिफाप हुन्छ । यी काम र नियमलाई अपनाउनाले घरमा सदैव लक्ष्मीको कृपा बनिरहन्छ ।

सुत्नुभन्दा पहिला यस्ता काम गर्नुहोस्ः
राती घरको दक्षिण र पश्चिम कुनामा बत्ती वा बल्ब बाल्नाले पितृको आत्माले शान्ति पाउँछ र घरमा सम्पन्नता छाउँछ ।

पूजा घर वा देव स्थानमा राती दियो बाल्नाले घरमा लक्ष्मीको वास रहन्छ ।

सुत्नुभन्दा पहिला आफ्नो गोडा धुनपर्छ, यसो गर्नाले राम्रो निद्रा आउँछ र निद्रा राम्रो आउनाले स्वास्थ्य समेत ठीक रहन्छ ।

सुतेको बेलामा आफ्नो खुट्टालाई उत्तरी दिशातर्फ पार्नुहोस् । यसो गर्नाले शरीर र घरमा समेत नकरात्मक उर्जा आउन पाउँदैन ।

सयन कोठामा कपूर बाल्नाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ र पति पत्निबीचको सम्बन्ध समेत सुमधुर बन्छ ।

घरमा भएका बृद्धा र आमा बुबा सुतिसकेपछि मात्र सुत्नुहोस् । यसो गर्नाले परिवारमा राम्रो वातावरण बन्छ ।

र यो पनि पढ्नुहोस्

राती सुत्नुअघि मोजाभित्र प्याज राखेर सुत्नुका यस्ता पाँच अपत्यारिला फाइदा
हेडलाइन पढेरै अचम्ममा पर्नुभयो होला । राती सुत्नुअघि मोजामा प्याज राखेर सुत्दा विभिन्न फाइदा हुने विभिन्न वैज्ञानिक आधार छन् । राती सुत्नुअघि मोजाभित्र प्याज राख्दा यसको पोषक तत्व तपाईंको छालाले सोस्ने गर्दछ जसका कारण स्वास्थ्यलाई विभिन्न फाइदा पुग्ने गर्दछ ।

वास्तवमा तपाईंको पैतालामा यस्ता विभिन्न कोसिका हुन्छन् जुन शरिरको विभिन्न कोसिकासँग सम्बन्धित हुन्छ । यो चीनियाँ चिकित्सामा शिरबिन्दुको रुपमा मानिन्छ अर्थात् शरिरको एउटा यस्तो हिस्सा जो शरिर भित्रको प्रत्येक अंगको बाटो हो ।

के हो वैज्ञानिक आधारः
पैतालामा विभिन्न प्रकारको नशाको अन्त्य हुन्छ (लगभग ७ हजार) जुन शरिरको विभिन्न अंगसँग जोडिएको हुन्छ । यसले शरिरभित्र एक शक्तिशाली बिजुलीको सर्किटजस्तो काम गर्दछ तर जुत्ता चप्पल लगाएका कारण यो निष्क्रिय हुन्छ । त्यसै कारण हामीले केही घण्टाका लागि नाङ्गो खुट्टा हिँड्नुपर्ने सल्लाह दिइन्छ । प्याज (र लसुन) हावा शुद्ध गराउनका लागि परिचित छ र छालामा यसलाई लगाउँदा किटाणु र जीवाणुलाई नष्ट गर्न सहयोग गर्दछ । यसका साथै प्याजमा पाइने फस्फोरिक नामक एसिड रगतमा प्रवेश गरेर शुद्ध बनाउन मद्दत गर्दछ । तर ध्यान राख्नुहोस्, एकपटक प्रयोग गरिसकेको प्याजलाई पुनः प्रयोग नगर्नुहोस् ।

प्याजलाई प्रयोग गर्ने तरिकाः
१. अर्गानिक प्याज (सेता वा रातो प्याज) लाई स्लाइस पार्नुहोस् । अर्गानिक प्याजमा किटनाशक र अन्य केमिकलको प्रयोग नहुनेभएकाले यो रातीको समयमा सजिलै तपाईंको रगतमा प्रवेश गर्दछ ।

२. प्याजको प्राकृतिक चिकित्सा शक्तिले तपाईंको छालाको माध्यमबाट काम गरेर रगतलाई शुद्ध गर्दछ, ब्याक्टेरिया र किटाणुलाई मार्ने र विषाक्त पदार्थलाई अवशोषित गर्न मद्दत गर्दछ । यसलाई कोठाको हावा शुद्ध गर्न पनि प्रयोग गर्न सकिन्छ ।

ब्याक्टेरिया र किटाणु टाढा रहन्छः
प्याजमा एन्टी ब्याक्टेरियल र एन्टी वायरल गुण हुन्छ । दिनभरी हिँड्दा र माटोको सम्पर्कमा आएपछि पसिनाका कारण खुट्टामा थुप्रै किटाणु टाँसिएका हुन्छन् जसको सफाइएमा हाम्रो ध्यान जाँदैन । त्यसकारण पैतालामा प्याज रगड्दा ब्याक्टेरिया र किटाणु नष्ट हुन्छन् ।

रगत शुद्ध पार्छः
आजकाल खानपिनको गलत व्यवहारका कारण रगत अशुद्ध हुने गर्छ जसका कारण हामी बिरामी पर्छौं । प्याजमा फस्फोरिक एसिड हुने भएकाले यो छालाको माध्यम हुँदै रगतलाई शुद्ध पार्न मद्दत गर्दछ ।

हावालाई शुद्ध गर्छः
जब तपाईं सुत्नुहुन्छ तब खुट्टामा प्याज राख्दा वरिपरि फैलिएको गन्धबाट छुटकारा पाउनुका साथै विषाक्त र केमिकललाई अवशोषित गर्दछ ।

र यो पनि

सुत्नुअघि यी ७ कुरा नगर्नुस् । तौल बढ्छ

सहरी जीवनशैलीमा मोटोपना आम समस्याको रूपमा देखा परेको छ । मोटाउनु आफैमा रोगलाई निमन्त्रणा गर्नु हो । यो कुरा सबैलाई थाहै छ । त्यसैले त मोटोपन घटाउनका लागि व्यायाम गर्ने, खानपानमा नियन्त्रण गर्ने गरिन्छ ।

खासगरी राती सुत्नुअघि त्यस्ता केही गल्ती गरिन्छ जसले तौल बढाउँछ । मोटोपन बढाउँछ । कसरी ?

डिनरमा ओभरडाइटिङ
रातमा पाचन क्रिया सुस्त हुन्छ । यसले क्यालोरी बर्न हुन पाउँदैन । यसले गर्दा शरीरमा बोसो जम्मा हुन्छ । फलतः तपाईंको मोटोपन बढ्छ ।टेलिभिजन हेर्दै डिनर नगरौं । प्रोटिन र सागसब्जी बढी सेवन गरौं ।

डिनर नगर्नु
मोटोपन एवं तौल घटाउनकै लागि कतिले रातको खाना खाँदैनन् । यसले पनि राम्रो नतिजा दिँदैन । राती खाना नखाएपछि मेटाबोलिज्म सुस्त हुन्छ । बिहान उठेपछि धेरै भोक लाग्छ र धेरै खानेकुरा खाइन्छ । यदि राती धेरै भोक लाग्दैन वा खानामा अरुचि भए सलाद, फलफूलको सेवन गरौँ ।

डिनरमा भुटेको तारेको खानेकुरा
राती स्वादिलो खाने निहुँमा भुटेको, तारेको खानेकुरा खाइन्छ । यसमा धेरै क्यालोरी हुन्छ । रातको समयमा शरीरले उक्त क्यालोरी बर्न गर्न सक्दैन । त्यसैले रातको खाना सकेसम्म सुपाच्य र हल्का हुनुपर्छ ।

डिनरमा कार्बोहाइड्रेटयुक्त खाना
पिज्जा, पास्ताजस्ता कार्बोहाइड्रेटयुक्त खानामा क्यालोरी धेरै हुन्छ । राती यस्तो खानेकुरा सेवन गर्दा फ्याट बढ्छ ।

डिनरपछि स्न्याक्स खानु
कतिपयको बानी हुन्छ, डिनरपछि पनि स्न्याक्स खाने । यसले ओभरडाइटिङ हुन्छ । यसले स्वतः तौल बढाउँछ ।

आइसक्रिम वा मिठाई
रातको खानापछि आइसक्रिम, मिठाई खाने बानी पनि सही होइन । यसमा क्यालोरी धेरै हुन्छ ।

राती अबेरसम्म नसुत्ने
राती धेरै समय नसुत्ने बानीले पनि तौल बढाउँछ । जब निन्द्रा पूरा हँुदैन मेटाबोलिज्म स्लो हुन्छ, फ्याट बर्न हँुदैन । त्यसैले भोक बढी लाग्छ । दैनिक ७ घण्टा नियमित सुत्ने गरौँ ।

र यो पनि पढ्नुहोस्

सुत्नुअघि गर्नुस् पाइतालाको मालिश, पाउनुस् भरपूर फाइदा

मानिसहरू अनुहारको स्याहार त खुबै गर्छन् तर गोडालाई खासै वास्ता गर्दैनन् । दिनभरि हामी जसको सहारामा उभिन्छौं, ती गोडाहरूलाई हामीले हेरचाह गर्नु जरूरी छ ।

हाम्रा पाइतालामा शरीरका धेरै भागहरूसम्म पुग्ने विन्दुहरू छन् । यी विन्दुमा राति मालिश गर्दा शरीरलाई धेरै स्वास्थ्यलाभ हुन्छ । यहाँ हामी राति मालिश गर्दा के के फाइदा हुन्छन् भनी बताउँछौं ।

मेटाबोलिजम
सुत्नुअघि पाइतालामा मज्जाले १५ मिनेट मालिश गर्नुभएमा शरीरको मेटाबोलिजम ठीक रहन्छ ।

तौल घटाउन
आजकल तौल बढेर धेरै मानिसहरू समस्यामा पर्ने गरेका छन् । राति पाइतालमा मसाज गर्दा तौल घट्छ अनि बोसो पनि कम हुन्छ ।

तनाव घटाउन
दिनभरि कामको बोझले थकान र तनाव आउन सक्छ । यसबाट बच्नका लागि पाइतालाको मालिश गर्नुस् । शरीरले आराम अनुभव गर्छ र राम्रो निद्रा लाग्छ ।

रक्तचाप नियन्त्रण
उच्च रक्तचापको समस्या भएकाहरूका लागि मालिश वरदान नै हो । राति सुत्नुअघि नरिवल वा बदामको तेलले पाइतालाको मालिश गर्नुस् ।

Related Articles

Back to top button
Close