समाचार

शालिकराम प्रकरण टुंगोमा नपुग्दै रविविरुद्ध अर्को मु’द्धा दायर

काठमाडौं । निर्मला पन्तको बला’त्कारपछि ह’त्या भएको वर्ष दिन भन्दा धेरै भएको छ । निर्मलाको परिवारले न्याय पाउँन सकेको छैन । यो बीचमा यो प्रकरण फेरि बाहिर आएको छ ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मु’द्धा परेको छ । उनका विरुद्ध चितवन जिल्ला अदालतमा शालिकराम पुडासैनी प्रकरणमा संलग्न भएको विषय विचारधीन छ ।

दिलिपसिंह विष्टका दाई खड्क बिष्टले रवि लामिछाने, सीआईबीका तत्कालीन डिएसपी अंगुर जिसी र न्यूज २४ टेलिभिजनविरुद्ध जिल्ला अदालतमा मु’द्धा दायर गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
दिलिप विष्टलाई निर्मला ह’त्या प्ररकणमा प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरेको थियो । घटनामा संलग्न भन्दै सार्वजनिक समेत गरिएको थियो ।

तर, डिएनए नमिलेपछि उनी हिरासतमुक्त भएका थिए । दिलिपको अनुसन्धान तत्कालीन सीआईबीका डिएसपी जिसीले नै गरेका थिए । जिसीले उनीसँग लिएको भिडियो बयान सञ्चार माध्यममा सार्वजनिक पनि भएको थियो ।

केही साता पहिले सिधा कुरा जनता सँगका प्रस्तोता लामिछानेले न्यूज २४ बाट दिलिपको त्यही पुरानो भिडियो प्रशारण गरेका थिए । कार्यक्रममा जिसीसँगै अर्को पत्रकार खेम भण्डारी पनि आएका थिए ।

उक्त कार्यक्रम झण्डै र्दुइ घण्टा भन्दा लामो समय चलेको थियो । सोही कार्यक्रममा जिसीले दिलिप नै निर्मलाको बला’त्कार तथा हत्यमा संलग्न रहेको दाबी गरेका थिए । आफुले गरेको अनुसन्धान गलत नभएको जिसीको दावा थियो ।

अनुसन्धानपछि घटनामा संलग्न नदेखिएर प्रहरीले छोडका व्यक्तिका विषयमा भ्रम हुनेगरि टेलिभिजनबाट कार्यक्रम प्रशारण गरेको तथा निलम्बित डिएसपी जिसीले मानमर्दन हुने काम गरेको भन्दै उनीहरुविरुद्ध मानहानीको मु’द्धा दायर गरिएको हो ।

भण्डारीले रवि र उनको संस्थाविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् । रविको सिधा कुरा जनतासँग भोली देखि सञ्चालनमा आउने बताइएको छ । शालिकराम प्रकरणमा लामिछाने ५ लाख धरौटीमा रिहा भएपछि यो अर्को मु’द्धा दायर भएको हो ।

Related Articles

Back to top button
Close