समाचार

नरिवल वेच्ने १६ वर्षीय युवालाइ कुटपिट गर्ने प्रहरी कारवाही गर्छाैँ – धनुषा प्रहरी

जनकपुरधाम । शान्ति सुरक्षा दिने प्रहरीले नै कानूनको ध*ज्जी उडाउँदै कानून वि*परीत स्थानीय युवालाई कु*टपिट गर्ने प्रहरीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले विभागीय का*रवाही गर्ने भएको छ । बिहीबार जनकपुरमा फुटपाथमा नारिवल बेचेर गुजारा गर्ने १६ वर्षीय रोशन चौधरीलाई प्रहरीले कु*टपिट गरेको बिषयमा जानकी चौकीमा स्थानीय युवा शुशील कर्ण पुगेको बेला प्रहरीले घे*रा हाली नि*यन्त्रणा लिएर कु*टपिट गर्दै लुगा समेत च्या*ती दिएको थियो ।

घ*टनाको विषयमा बिहीवार नै जिल्ला प्रहरी कार्यालय धनुषामा युवा र दो*षी प्रहरीलाई राखेर छ्ल फल समेत भएको र जानकी मन्दिरमा पर्यटक प्रहरीको रुपमा कार्यरत प्रहरी द्वय प्रेम शंकर यादब र वीरेंद्र यादब दुवै जना दो*ष देखि एकाले विभागीय कारवाही गर्ने धनुषा प्रहरीका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

स्थानीय युवालाई जानकी चौकीमा कु*टपिट गरेपछि स्थानीयहरु आ*क्रो*शित भएर जानकी चोकमा केहीबेर प्रदर्शन समेत गरेका थिए। प्रहरी वि*रुद्ध सयौंको संख्यामा उपस्थित भएका व्यक्तिहरुले टायर बालेर सडक अबरु*द्ध गर्दै दोषी प्रहरीलाई कारवाही गर्नुपर्ने भन्दै चर्को नारवाजी समेत गरेका थिए ।

जनकपुरको जानकी मन्दिरको उत्तरपट्टी रहेको जानकी चोकको फुटपाथमा नरिवल विक्री गरिरहेका चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले कु*टपिट गरेका र उक्त बिषयमानै छलफल लागि स्थानीय युवा कर्ण जानकी चौकी पुगे को स्वयं कर्णले बताएका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाले घ*टनाको बिषयमा बिहीवार साँझ एक विज्ञप्ति जारी गर्दै घ*टनामा संलग्न प्रहरीलाई का*रवाही गर्ने जनाएका छन् ।

Related Articles

Back to top button
Close