समाचार

बाढीमा डु’ब्यो सप्तरीको तिलाठी, कहाँबाट ब’गेर आए यति धेरै ला’शहरु ? स्थानीय त्र’सित !

सप्तरी । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डु’बानमा परेको छ।स्थानीय खाँडो खोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका(१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ। बेल्ही टोलका करिब ५० भन्दा बढी घर डु’बानको चपे’टामा परेका गाउँपालिकाले जनाएको छ। लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताए। पानीले बेल्ही भन्सार र बजारसमेत डु’बानमा परेको छ।

खाँडो खोलाको बाढीले करिब आठदेखि १० वटा श’वसमेत बगाएर ल्याएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताए। श’वको कारण अत्यन्तै दु’र्गन्ध फैलिएको मण्डलले बताए। श’व ती श’व कसको हो र कहाँबाट ब’गेर आए खुलेको छैन। बाढीले सयौँ बिघामा लगाइएको धानबालीसमेत नोक्सान गरेको छ।

भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डु’बा’नमा परेको छ। राजविराज–तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बा’ढीले क्ष’ति पु¥याएको छ। भन्सार बजारको पसलहरु डु’बानमा पर्दा स्थानीय व्यापारीको लाखौँको क्ष’ति भएको छ।

खाँडोखोलाको बाढीले पार्ने डु’बान स’मस्याकै कारण वर्षौँदेखि तिलाठी र बेल्हीगाउँका कयौँ परिवारको जीवन क’ष्टकर हुने गरेको छ । पानीको निकास हुन नसक्दा घरघरमा पानी पसेको छ। बर्सेनि करौडौँ रकम खर्च हुँदै आए पनि तिलाठी र बेल्हीको आन्तरिक वि’वाद तथा भारतको अ’वरोधका कारण तिलाठी र बेल्ही डु’बानबाट बच्न सकेको छैन।

बाढीको वि’तण्डाले तिलाठीसँगै लौनिया, सकरपुरा, रम्पुरा मल्हनियालगायत गाउँ सधैँ जो’खिममा रहने गरेको छ । चुरेबाट निस्केको खाँडो नदीले नेपाली भूभागमा तिलाठीसम्म २५ किलोमिटरको यात्रा तय गर्छ। खासगरी पूर्वपश्चिम राजमार्गदेखि दक्षिणको खाँडो नदी तटिय गाउँहरु हरेक वर्ष बाढीको च’पेटामा पर्ने गरेका छन्। सबभन्दा बढी निशानामा पर्ने गाउँ भने तिलाठी र बेल्ही नै हो।

यसैगरुी बलानखोलामा आएको बाढीले सप्तरीको बलानबिहुल गाउँपालिका–४ को बेल्ही बस्ती जोखिममा परेको छ । चुरे मूल भएको बलान नदीमा आएको बाढीले खेतजग्गा धमाधम क’टान गर्न थालेपछि बेल्हीगाउँ जो’खिममा परेको स्थानीयवासीको भनाइ छ।

लगातारको वर्षाले खोलामा पानीको बहाव बढिरहेकाले स्थानीयवासीमा त्रा’स पनि बढेको बेल्हीका अनवारुल मियाँले बताए। खोला कटानले मदन मियाँ, मुस्तफा मियाँ, सदानन्द पाठकलगायतको खेत बगाएको छ भने अरुहरुको खेतजग्गा जोखिममा रहेको छ।

बलान खोलामा आएको बाढीले बर्सेनि ५०र६० बिघा खेत कटान गर्ने गरेको र १२र१३ वर्षको अवधिमा ७०० बिघाभन्दा बढी जमीन कटान गरिसकेको वडाध्यक्ष हन्सु मियाँ बताउछन्।
धार परिवर्तन गरी गाउँतर्फ फर्किएको बलान खोलालाई तत्काल नियन्त्रण गर्न नसके गाउँ बगरमा परिणत हुने स्थानीय उमेश यादवले बताए।

Related Articles

Back to top button
Close