समाचार

आज यूके पाउण्ड र यूरोपियन यूरो सहित केही देशका मुद्राको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो ?

काठमाडौँ । आज असार ३० गते यूरोपियन यूरो र यूके पाउण्डसहित केही देशका मुद्राको मूल्य बढेको छ भने अन्य धेरै देशको मुद्राको विनिमयदर भने घटेको छ । नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ १ पैसा तथा बिक्रिदर १२० रुपैयाँ ६१ पैसामा झरेको छ। यूरोपियन युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ २५ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ १ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ९७ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ १३ रहेको छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ १६ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ १४ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ३ पैसा तथा बिक्रिदर ३९१ रुपैयाँ ९८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१८ रुपैयाँ २९ पैसा तथा बिक्रिदर ३१९ रुपैयाँ ८८ पैसा रहेको छ।

Related Articles

Back to top button
Close