समाचार

नेपाली सेना मोटाएको खबर भारतीय मिडियाको प्राथमिकतामा !

काठमाडौं । नेपाली सेनाका सातजना अधिकृतहरु मोटाएका कारण नेपाली सेनाले कारवाही प्रक्रिया अघि बढाएको विषय भारतीय मिडियामा चर्चाको विषय बनेको छ । द स्टेट्सम्यान, द टाइम्स अफ इन्डिया, इन्डिया डट कम , आउटलुक इन्डियालगायतका सञ्चार माध्यममा सो सम्बन्धी समाचार प्राथमिकताका साथ प्रकाशित गरिएका छन्।द स्टेट्सम्यानले त्यसरी तौल बढी भएका कारण तीन जना अधिकृतलाई बढुवा अस्वीकार गरिएको र चार जनालाई संयुक्त राष्ट्रसंघको मिसनमा जान रोक लगाइएको जनाइएको छ ।

सैनिक अधिकारीहरु नियमित रुपमा शारीरिक फिटनेस टेस्टमा जानुपर्ने समेत समाचारमा जनाइएको छ।नेपाली सेनालाई तीन महिनादेखि तीन वर्षसम्म तौल चुस्त दुरुस्त राख्न समय दिइने गरेको र महिलाको लागि १ वर्षको समय दिने गरिएको जनाइएको छ। तोकि एको समयमा तौल ठीक नराखे उनीहरुलाई कारवाही गर्ने व्यवस्था भएको समेत समाचारमा जनाइएको छ । नेपाली सेनाले सन् २०१८को फेब्रुअरी १५मा स्वास्थ्य सम्बन्धी मापदण्ड सार्वजनिक गरेको समाचारमा जनाइएको छ ।

Related Articles

Back to top button
Close