समाचार

मेस्सी र रोनाल्डोले एउटै मञ्चमा उभिएर आफ्नो प्रतिद्वन्द्वीताबारे एकसाथ बोले

काठमाडौं। पछिल्लो दशकका दुई महान फुटबलर लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले एउटै मञ्चमा उभिएर आफूहरुबीचको प्रतिस्पर्धाको बारेमा बोलेका छन् । उनीहरुले युइएफए च्याम्पियन्स लिगको ड्र सार्वजनिक कार्यक्रममा बिहीबार निकै प्रेमपूर्वक आफूहरुबीच एक दशकसम्म चलेको उत्कृष्टताको प्रतिस्पर्धाबारे बताए ।

यी दुई खेलाडीमध्येमा को सर्वोत्कृष्ट भन्ने प्रश्नको प्रस्ट जवाफ अझैसम्म कसैले दिन सकेको छैन । यी दुईबीच अनगिन्ती प्रतिस्पर्धा भए जहाँ उनीहरु बार्सिलोना र रियल मड्रिडको जर्सीमा मैदानमा उत्रिन्थे । उनीहरुबीच प्रतिस्पर्धा केवल क्लवको मात्र थिएन । उनीहरुले त्यही एक दशकमा समान ५–५ पटक आलोपालो गर्दै बालोन डिओर अवार्ड पनि जिते । यस वर्षको बालोन डिओरको लागि पनि उनीहरु प्रतिस्पर्धामा त छन् तर दुवैले च्याम्पियन्स लिग जित्न नसकेका कारण यसमा उनीहरुको दावेदारी तुलनात्मक रुपमा पहिलेभन्दा कमजोर छ ।

यी दुईबीचको यो द्वन्द्व गत वर्षदेखि केही सेलाएको छ जब रोनाल्डो रियल छाडेर युभेन्टस गए र मेस्सीले त्यसपछि आफूले एउटै लिगमा रोनाल्डोलाई मिस गर्ने बताए । ‘क्रिस्टियानोलाई ला लिगामा पाउनु निकै राम्रो लाग्थ्यो, खासगरी उनी रियल मड्रिडमा भएका कारण’ मेस्सीले भने ‘अहिले उनी अर्को महान क्लवमा छन् र हामी उनलाई स्पेनबाट हेर्छौं ।’

रोनाल्डोले पनि एक दशक लामो प्रतिद्वन्द्वीताका लागि अर्जेन्टिनी सुपरस्टारप्रति सम्मान देखाउँदै भने ‘म त्यो भेट्टाउन निकै उत्सुक थिएँ । १५ वर्षसम्म त्यस्तो प्रतिद्वन्द्वीतापछि पनि हामीबीच निकै राम्रो सम्बन्ध छ । हामीले अहिलेसम्म एकसाथ डिनर गरेका छैनौं । भविष्यमा हुन सक्छ ।’ रोनाल्डोले अगाडि थपे ‘मैले पेनमा खेलेका खेल मिस गर्छु । मेस्सी र मबीच महान द्वन्द्व थियो । हामीले एक अर्कालाई अझै उत्कृष्ट बन्न सघायौं । यो प्रतिद्वन्द्वीता फुटबल इतिहासमा उत्कृष्टमध्ये एक हो ।’

Related Articles

Back to top button
Close