समाचार

अमिताभ र अभिषेकमा कोरोना देखिएपछि प्रधानमन्त्री ओलीले गरे स्वास्थ लाभको कामना

काठमाडौ, असार २८- बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमणको पुष्टि भएपछि मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको छ ।

उनिहरुसंगै जया बच्चन, ऐश्वर्या र छोरी आराध्याको भने कोरोना रिपोर्ट नेगेटिभ आएको भारतिय मिडियाले जनाएका छन् । अमिताभलाई कोरोना पुष्टि भएपछि फ्यानहरुले स्वास्थ लाभको कामना गर्दै पुजा लगाएका छन् । कोरोना संक्रमण देखिएसंगै घर पनि सील गरिएको बताइएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन् । उनिहरुलाई कोरोना संक्रमणको पुष्टि भएपछि प्रधानमन्त्री ओलीले स्वास्थ्य लाभको कामना गरेका हुन् ।उनले ट्वीटरमार्फत अमिताभ र अभिषेकको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

Related Articles

Back to top button
Close