Friday, February 28

अन्नपूर्ण हिमपहिरो अपडेटः ४ कोरियाली र २ जना नेपाली बेपत्ता, उद्धार टाेली घ ट ना स्थलतर्फ

January 17, 2020 265

कास्कीको अन्नपूर्ण बेसक्याम्पनजिक हिम्कु भन्ने ठाउँमा हिमपहिरोमा परी ६ जना बे प त्ता भएका छन्। बे प त्ता हुनेमा ४ जना कोरियाली र दुई जना नेपाली छन्।यद्यपि, यसको आधिकारिक विवरण भने अझै प्राप्त नभएको कास्की प्रहरीले जनाएको छ।

‘ठ्याक्कै आधिकारिक कुरा आएको छैन। हामीले स्थानीयसँग पनि सम्पर्क गर्न खोजेका छौं। तर, सम्पर्क हुन सकेको छैन,’ कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भने, ‘घ ट ना स्थल धेरै टाढा भएका कारण तत्काल कुनै सूचना प्राप्त भएको छैन। विभिन्न माध्यमबाट आएको सूचनामा ६ जना सम्पर्कविहीन भएको जानकारी छ।’

‘३ जना नेपालीमध्ये १ जना वारी कटेको र अरू २ जना हराएको खबर पाएका छौं। कोरियनको ग्रुप पनि ९ जनामध्ये ५ जना वारी कटिसकेको र बाँकी सम्पर्कमा नआएको भन्नेछ,’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष यूवराज कुँवरले भने।घान्द्रुकबाट प्रहरीको टोली पनि घ ट ना स्थलतर्फ हिँडिसकेको उनले बताए। अन्नपूर्ण गाउँपालिका अध्यक्ष यूवराज कुँवरले नेपाली २ जना पहिरोमा परेको र कोरियाली नागरिकका बारेमा आधिकारिक सूचना नपाएको बताए।

‘३ जना नेपालीमध्ये १ जना वारी कटेको र अरू २ जना हराएको खबर पाएका छौं। कोरियनको ग्रुप पनि ९ जनामध्ये ५ जना वारी कटिसकेको र बाँकी सम्पर्कमा नआएको भन्नेछ,’ उनले भने, ‘नेपाली चाहिँ पहिरोमै परेको बुझिएको छ। कोरियनहरू भने पारीपट्टि होटलमा बसेको हुन सक्छन्। होटलवालाको सम्पर्क हुन नसकेका कारण यसै भन्न सकिने अवस्था रहेन।’ वारी कटेकाहरू हिमालयनमा बसेका छन्।

वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले पनि २ जना नेपाली बे प त्ता भएको बताए। ‘विदेशीको बारेमा कुनै सूचना छैन। तर, २ जना नेपाली चाहिँ अहिलेसम्म भेटिएको छैन,’ उनले भने, ‘एकजना भरिया र एकजना गाइडको अवस्था बेखबर छ।’

सुरक्षाकर्मी र रेस्क्यु टोलीसँग कुरा भइरहेको उनले बताए। ‘माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्पमा पनि धेरै पर्यटक छन्,’ गाउँपालिका अध्यक्ष कुँवरले भने,‘मौसम खुल्नेबित्तिकै उनीहरूलाई हेलिकोप्टरबाट उद्धार गर्नुपर्छ। हामी लागिरहेका छौं।’

उद्धारका लागि ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) पोखराले ६ जनाको टोली घ ट ना स्थ लतर्फ पठाएको जानकारी दिएको छ। ‘हेलिकोप्टर पठाउने तयारी थियो, तर मौसम खुलेन,’ टान पोखराका अध्यक्ष हरि भुजेलले भने, ‘साँझपख ६ जनाको टोली गाडी चढेर घ ट ना स्थलतर्फ गएका छन्। शनिबार विहान १० बजेसम्म पुग्छन्। त्यसपछि मात्रै आधिकारिक जानकारी आउँछ।’

Loading...

प्रतिकृया दिनुहोस्