समाचार

चाडपर्वको मुखमा विहारबाट नेपाल भित्रिए ‘प्रोफेसनल चो’र, बानेश्वरबाट सुनका गरगहना देखि समान लुट’पाट

काठमाडौँका विभिन्न स्थानबाट सुनका गरगहना र मालसामानसहित झण्डै छ लाख बराबरको धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वर बस्ने रुषा श्रेष्ठको घरबाट आज सुनका गहना र मोबाइल गरी रु तीन लाख ४८ हजार बराबरको धनमाल चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आजै काठमाडौँ, टोखा नगरपालिका–३ बानियाटार भत्केको पुल बस्ने पूर्णमान श्रेष्ठको घरबाट स्कुटर, मोबाइललगायत विभिन्न सामग्री गरी करीब रु दुई लाख ४० हजार बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

चोरीमा सङ्लग्न व्यक्तिको खोजी गर्नुका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यता काठमाडौँ, महानगरपालिका–७ चाबहिलस्थित गणेश मन्दिर नजिक सडकपेटीमा एक व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ ।

कुकर बनाउने वा सस्तोमा सुट बेच्ने बाहानामा कोहि घर आए होसियार ! विहारबाट नेपाल भित्रिए ‘प्रोफेसनल चोर

सस्तोमा सुट बेच्ने भन्दै कोहि तपाईंको घर छिरेको छ, वा भाडाकुँडा अर्थात कुकर बनाउनु छ भन्दै कोहि तपाईंको घर आइरहेका छन् भने सावधान १ अहिले सोही बहानामा काठमाडौंमा चारी गर्नेहरु बढेका छन् । भारतवाट आएका गि८रोह नै सकृय रहेको प्रहरी अनुसन्धानवाट खुलेको छ । किनकि यस्तो बहानामा घर डकैती गर्ने प्रोफेसनल चो८रहरु नेपाल भित्रिएको खबर छ । उपत्यकामा अधिकाशं घरमा डेरा गर्नेहरु दसैंको समयमा पर्व मान्न घर जाने तथ्य थाहा पाएर दशैं र तिहारको मौका छोपी यस्ता चो८रहरु नेपाल भित्रिने गरेका छन् ।

महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले आफ्नो घरलाइ सुरक्षित राख्न सुझाव दिएका छन् । ‘चाडपर्वको समयमा चोरीको सम्भावना बढी रहन्छ । तर प्रहरी टोलटोलमा सक्रिय भएको छ । यस्तोमा घरभेटीदेखि कोठा छाडेर घर जानेहरुले सतकर्ता अपनाउनु आवश्यक हुन्छ । कतिपय चो८रहरुलाई त हामीले रंगेहात नै समातेका छौं । रातको समयभन्दा दिउँसो नै चो८री बढी भएका छन् । सिभिल प्रहरीको सक्रियताले चो८रहरुमाथी हावी भएका छौं’’ उनले भने ।‘

एसएसपी लामाका अनुसार भारतको बिहारबाट पनि चो८रहरु दसैंको समयमा काठमाडौं छिर्ने गरेका छन् । काठमाडौं प्रहरीले २ युवतीसहित १२ जना भारतीयलाई पक्राउ गरेको छ । लामाले भने,‘‘उनीहरु सबै प्रोफेसन चो८र हुन् । चाडपर्वको बेला आउने चोर्ने र भारत फर्किने उनीहरुको योजना हुन्छ ।’

उनका अनुसार नेपाली चो८रको तुलनामा भारतीय चोरको लुटपाटको शैली भने फरक हुन्छ । उनीहरु संगठित रुपमा चो८रीमा सक्रिय हुन्छन् । प्रत्येकको छुट्टाछुट्टै भूमिका हुन्छ । कतिपय चो८रले कपडा बेच्ने बहानामा घर हेर्छन् भने कतिपयले कुकर बनाउने नाममा । अनुकुल परे वा घरमा कोही नभएको पाइए उनीहरुले त्यतीबेलै पनि चोरी गर्ने सम्भावना रहन्छ । उनका अनुसार फोहर उठाउने, जोगीको भेसमा भारतीय चोरहरु सक्रिय हुने गरेका छन्।

‘‘भारतीय चोरहरुले होटलमा कोठा लिएर बसेको पाइयो । उनीहरु हेर्दा चोरजस्तो लाग्दैनन् तर चलाख हुन्छ । कसैमाथी शंका लागे तत्काल प्रहरीलाई सम्र्पक गर्नुहोला,’’ एसएसपी लामाले भने । लामाका अनुसार १ सय ५० भन्दा बढी सिभिल पोशाकमा प्रहरी परिचालन गरिएको छ। काठमाडौंमा २५० देखि ३ सय पकेटमाररचोर रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

डकैती गर्ने सात पक्राउ

विभिन्न ठाउँमा डकैती गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पक्राउ पर्ने भारत विहार राज्य, जिल्ला मधुवनी, थाना बेनीपट्टि कटैया ग्रामपञ्चायत बरहा बस्ने ३५ वर्षीय धमेन्द्र कामत, सोही ठाउँका ३२ वर्षीय लक्ष्मण गुप्ता, ४४ वर्षीय मो मोतिउर रहमान, रौतहट गौर नगरपालिका–३ हाल विराटनगर पोखरीय टोल बस्ने ४१ वर्षीय मो मोहिज धुनियाँ, गौरकै हाल पोखरीय बस्ने ५० वर्षीय बलराम क्षेत्री, जिल्ला सर्लाही साविक त्रिभुवन गाविस–७ बस्ने हाल ब्रह्मपुरी गाउँपालिका–४ बस्ने ५२ वर्षीय सेख मो सलिफ र सोही स्थानका ४६ वर्षीय शेख अलि असगरलाई सार्वजनिक गरेको छ ।

घटनामा संलग्न मानिसले विराटनगर महानगरपालिका–२ शनिहातमा रहेको पञ्चकन्या ट्रेड लिंकमा गत साउन २३ गते सटर फुटाएर रु पाँच लाख ९५ हजार, शनिहाटकै गणनायक मार्केटिङ हाउसमा साउन २३ गते रु चार लाख, वडा नं ७ कटमाहा कृषि सहकारी संस्था लिमिटेडमा यही भदौ १ गते सटर फुटाई रु चार लाख ९५ हजार र वडा नं ७ माँ भवानी इन्टरप्राइजेजमा यही भदौ १० गते सटर फुटाई रु छ लाख लुटेको विवरण पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

घटनामा संलग्न मानिससँग प्रहरीले सात थान मोबाइल, नगद रु १२ हजार ८५० र भारतीय रकम ११ हजार ४१०, बीआर ३२ पिए२८३६ नम्बरको स्करपियो गाडी, नेपाली सिमकार्ड एक थान, भारतीय सिमकार्ड नौ थान, फलाम काट्न प्रयोग हुने कटर एक थान, कम्ब्याट प्यान्टस् तथा हाफप्यान्टस् एक÷एक थान, गम्छा सात थान, तन्ना दुई थान, तौलिया दुई थान, झोला चार थान बरामद गरेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button