भिडियोसमाचार

पूर्व डिआईजी खरेलले नेताहरुको बेइमानी र संगठन प्रमुखको निरीहता लगायत विषयमा मुख खोले (भिडियो)

नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले आफ्नो जागिरको करियर, नेताहरुको बेइमानी र संगठन प्रमुखको निरीहता लगायत विषयमा मुख खोलेका छन्। उनले देश र जनताका लागि खटिरहने बताएका छन्। आइजिपी बढुवामा अन्याय भएको भन्दै राजीनामा दिएका खरेलले अन्तर्वार्ता दिँदै सेवाबाट राजीनामा दिएपनि अब चुप लागेर नबस्ने तथा देश र जनताको सेवामा खटिरहने बताएका छन् ।

२९ बर्षको आफ्नो कार्यकालमा अहोरात्र देश तथा जनताको लागि खटेको सम्झदै उनले आफ्नो सेवाका सुरुवाती दिनहरु सम्झिए । आफूले हर-प्रहर खट्दा पनि मुल्यांकन नभएपछि आफुलाई निकै दुख लागेको बताएका छन् । २९ बर्षको तपस्या देशप्रति माया नभएका केहि नेताहरुले आफुलाई अयोग्य छ भनेर भन्दा तिनिहारुलई पाप लाग्छ भने ।

हेर्नुस् अन्तर्वार्ताः

Related Articles

Back to top button
Close