समाचार

आज ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहिबार ८ सय रुपैयाँले बढेको सुन आज १ हजार रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला ७२ हजार ४ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार प्रतितोला छापावाल सुन ७३ हजार ४ सय तथा तेजावी सुन ७३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउसँगै आज चाँदीको भाउ पनि ह्वात्तै घटेको छ । आज चाँदीको भाउ प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदी ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ।

Related Articles

Back to top button
Close