समाचार

काेराेना नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारलाई ग्लाेबल बैंककाे दश लाख रुपैयाँ सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारलाई दश लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकको गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १० रकमको चेक हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए ।

बैंकले, कोरोना भाईरसले नेपाल लगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे छ ।

बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तिको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

Related Articles

Back to top button
Close