अन्तर्राष्ट्रिय समाचार

जी न्युजका सम्पादकले दुख व्यक्त गर्दै हटाए नेपालबारे विवादित ट्वीट

नयाँदिल्ली : भरतीय टेलिभिजन जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले आफ्नो टि’प्पणीले नेपाली दर्शकहरुमा चो’ट पुगेको भन्दै नेपालबारे लेखेको ट्वीट हटाएका छन् ।नेपालमा याँ’का केही म’ल्टी सि’स्टम अ’परेटरहरुले भारतीय टिभी च्यानलको प्रशारण ब’न्द गरिदिएपछि पत्रकार चौधरीले नेपालबारे वि’वादित ट्वीट लेखेका थिए । उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण ब’न्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एं’करसँगै ड’रायो त । सेना त अघि त स’र्नै परेन ।’

सुधीरको यस्तो टिप्पणीप्रति धेरैले आ’पत्ति जनाउँदै वि’रोध गरेका थिए । वि’रोध हुन थालेपछि उनले आफ्नो ट्वीट ह’टाएका हुन् । उनले आफ्नो ट्वीटले नेपाली दर्शकहरुलाई चो’ट पुर्याएको र धेरै साथीले उक्त बिचार सही नभएको सुझाव दिएपछि दुख व्यक्त गर्दै ट्वीट ह’टाएको उनको भनाइ थियो ।यसअघि जी न्युजले नेपालका प्रधानमन्त्री केपी ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबारे ब’नावटी रिपोर्ट गरेको थियो । तर यसका प्रधान सम्पादक चौधरीले यसबारे केही प्र’तिक्रिया दिएका छैनन् ।

Related Articles

Back to top button
Close