समाचार

जिग्रीले भने-‘भद्रगोल’ रोकियो, अब हामी के गरौं ? भद्रगोल रोकिनुको कारणबारे यस्तो भन्छन जिग्री

काठमाडौं : लोकप्रिय हास्य टेलिश्रृखंला ‘भद्रगोल’का प्रमूख कलाकर ,लेखक तथा निर्देशक कुमार कट्टेल ‘जिग्री’ले आफ्ना दर्शकसँग सुझाव मागेका छन्। विगत केहि समय देखि नेपाल टेलि भिजनमा प्रसारण हुँदै आएको कार्यक्रम प्रसारण गराउने एजेन्सी मिडिया हब र उत्पादन गर्ने कम्पनीबीच विवाद भएका कारण रोकिदैं आएको छ।

बिहिबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै कट्टेलले ‘भद्रगोल’को नाम, डिजाइन ,लेखन,निर्माण,निर्देशन गर्ने आफूहरूसँग ‘भद्रगोल’को नामको अधिकार आफू हरूसँग नभएको गुनासो गर्दै कसरी अगाडि बढ्ने हो भनेर पोस्टमा सोधेका छन्। ‘विगत लामो समय देखि विभिन्न समस्याहरु तथा अवरोधकाबीच पनि आफ्नो कर्मप्रति पूर्ण इमान्दार भएर ‘भद्रगोल’ सिरियलमा काम गरिरहेका थियौं उनले भने ।

यस्तो छ जिग्रीको स्टाटस जस्ताको तेस्तै: भद्रगोल रोकिनुको कारण: भद्रगोललाई अत्यन्तै माया गरि सल्लाह र सुझाव दिनुहुने देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण आदरणीय नेपाली तथा नेपालिभाषी दाजुभाई, दिदिबहिनी हरुमा सम्मान र नमन व्यक्त गर्दछौं । यहाँ सम्मको यात्रामा हामिलाई साथ दिनुहुने मिडिया हब प्रा ।लि ।,

नेपाल टेलिभिजन ,सम्पुर्ण मिडिया हाउस,शुभचिन्तक ,बिज्ञापन दाताहरु, प्राबिधिकहरु, संचारकर्मीहरु, सुबास कार्की “बेलासे”सर,शंकर आचार्य “बरिस्टे”दाइ लगाएत सम्पुर्ण हरु प्रती कृतज्ञ छौँ । बिगत लामो समय देखि विभिन्न समस्याहरु तथा अबरोध का बिच पनि आफ्नो कर्मप्रती पुर्ण इमान्दार भएर भद्रगोल सिरियल मा काम गरिरहेका थियौं ।

भद्रगोल उत्पादन गर्ने हाम्रो कम्पनी र प्रसारण गराउने एजेन्सी मिडिया हब बिचको सम्झौता २०७६असार मसान्तबाट सकियलगत्तै भद्रगोल लाई निरन्तर सन्चालनमा ल्याउन हामिले विभिन्न चरणमा छलफल र परामर्शहरु गर्यौ। दुर्भाग्यको कुरो भद्रगोलको नाम, डिजा इन ,लेखन,निर्माण,निर्देशन गर्ने हामी सर्जकहरु संग भद्रगोल नामको अधिकार छैन।

एउटा सर्जकले सिर्जना गरेको सम्पुर्ण अधिकार सर्जकमै हुनुपर्छ भनेर हामिले निरन्तर पहल गर्यौ तर अधिकार पाउन सकेनौं ।एउटा सर्जकको हिसाबले सिर्जना गर्ने मान्छेलाई सबैभन्दा प्यारो आफ्नो सिर्जनानै हुन्छ होला। भद्रगोल टेलिसिरियलबाट केही बर्षसम्म पनि पारिश्रमिक समेत नपाउदा पनि हामी भद्रगोलका सबै कलाकार देश र जनताको लागि उत्कृष्ट मनोरञ्जनका खुराकहरु पस्कनुपर्छ भन्ने भाबले निरन्तर मोटिभेट भैइ कर्म गरिरहेयौ।

पारिश्रमिक पाउने निर्णय भैइसकेपछी पनि समयमै पारिश्रमिक नपाउने,पारिश्रमिक उठाउनकै लागि टिलिसिरियल रोक्नुपर्ने जस्ता कठिन निर्णयहरु अबलम्बन गर्दापनी दिगो तरिकाले काम गर्ने बाताबरण देखियन।हुन त हामी कलाकारको लागि पैसा भन्दा पनी कला, दर्शकको माया सबैभन्दा ठुलो कुरा हो तर हामी कलाकारहरू पनि बाच्नुपर्छ ।

यहि देशमा बसेर कलाप्रती पुर्ण रुपमा समर्पित भएर काम गरिरहदा आफ्नो भबिस्यप्रतिको चिन्तापनि थपिदै जादो रहेछ। आजको दिनमा न हामिले भद्रगोल नाम राखेर टेलिसिरियल निर्माण गर्न सक्छौं,नकाम गरिरहेकै संस्थासंग काम गर्ने बाताबरण छ।यो अबस्थामा हाम्रो टिमले के गर्दा ठिक हुन्छ ?भगवानरुपि दर्शक हरुको अमुल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं ।

Related Articles

Back to top button