समाचार

सन्तानका लागि बाबुको जिम्मेवारी

काठमाडौ । शिशु हुर्किने क्रममा बाबुबाट कस्तो प्रकारको स्याहार र सुरक्षा आवश्यक पर्दछ ? हरेक बाबुले आफ्नो छोराछोरीका लागि दैनिक खेल्ने, सिक्ने, कथा भन्ने, गीत गाउने समय दिनुपर्छ । शिशुको हेरचाहमा आमाको साथसाथै बाबुको पनि उत्तिकै जिम्मेवारी हुन्छ । हरेक बाबुले आफ्नो छोराछोरीका लागि दैनिक खेल्ने, सिक्ने, कथा भन्ने, गीत गाउने समय दिनुपर्छ ।

घरमा उनीहरूको लागि खेल्ने र सिक्ने अवसर र वातावरणको व्यवस्था गरिदिनु पर्दछ । आमाबाबु दुवैले काम कर्त्तव्य बुझेर सहमतिपूर्वक शिशुको स्याहार गर्नु र माया ममता दिनु पर्दछ । बाबुबाट स्याहार र सुरक्षा पाएका बालकालिकामा हिंसात्मक व्यवहार कम हुन्छ । विशेष गरेर बालिकाहरूमा आफ्नो बाबु वा पुरुष अभिभावकसँग सामिप्य र सकारात्मक सम्बन्ध भएमा उनीहरूको जीवन स्वस्थ र शान्त बन्छ ।

शिशु हुर्किने क्रममा बाबुले….

शिशुसँग खेल्नु पर्दछ ।
शिशुलाई खुवाउने, सुताउने वा नुहाइदिने काममा सघाउनु पर्दछ । दिउँसोको समयमा बाबु घरमा बस्ने भएमा बढी समय दिएर बाबु र
शिशुबीच सम्बन्ध कायम गर्नु पर्दछ ।
शिशुलाई सुताउने बेलामा कुरा गर्ने, सुमसुमाउने र कथा सुनाउने गर्नु पर्दछ ।
शिशुप्रति स्नेहपूर्वक प्रतिक्रिया जनाउने, उनीहरू रोए, अवज्ञा गरे वा रिसाएमा धैर्य गरी उनीहरूले के खोजिरहेका छन् बुझेर सहयोग गर्नु पर्दछ ।
बाबुआमा दुवै घरबाहिर काममा जान्छन् भने पनि उनीहरूले बालबालिकाको हेरचाह र घरका कामकाजमा पनि उत्तिकै समय दिनु पर्छ ।
घरबाहिर काम गर्ने बाबुले पनि दैनिक कम्तीमा २ घण्टा बालबालिकाकासँग कुराकानी गर्न, स्नेह दिन र उनीहरूको कुरा सुन्नका लागि समय दिनुपर्छ । साथै खुवाउने, नुहाउने, गाउने, डुलाउने र लुगा लगाइदिनाले बालबालिकासँग भावनात्मक सम्बन्ध विकास हुन्छ र दुवैमा सन्तुष्टि हुन्छ ।
बाबु परिवारभन्दा टाढा बस्छन् भने उनले फोन या अन्य सञ्चार माध्यमद्वारा बालबालिकासँग नियमित सम्पर्कमा रहनु पर्दछ ।
घर झगडा, गाली वा दुर्व्यवहारले गर्भमा रहेको शिशु खेर जान सक्छ वा जन्मिने बच्चालाई अपाङ्ग बनाउन सक्छ ।
धुम्रपान, मद्यपानले आमा र शिशु दुवैको फोक्सो र रगतमा असर पर्दछ ।

Related Articles

Back to top button
Close