समाचार

एउटा यस्तो गीत जसले बलिउड गायिका बनाइदियो, वर्षौ छुट्टिएकी छोरीसँग भेटाइदियो

काठमाडौं : केही दिन पहिले उनीसँग एक दिनको छाँक टार्ने रोटी समेत थिएन।उनी त्यही छाँक टार्नकै लागि रेलवे स्टेशनमा गीत गाइरहन्थिन्। तर एकदिन यस्तो समय आयो जहाँ एक रेलवे यात्रीले उनले गाएको गीतको भिडियो सामाजिक सञ्‍जालमा हालेर भाइरल गराएपछि उनको दु:ख दिन नै हराएर गयो। उनी हुन भारतको रेलवे स्टेशनमा मागेर गीत आउने रानू मंडल।

उनै रानु मण्डललाई हिमेश रेशमियाले आफ्नो फिल्ममा गाउने पहिलो पटक मौका दिए। उनले गाएको ‘तेरी मेरी’ बोलको गीतले मानिसको हृदय मात्र छोएन। पुरै बलिउडमा हंगामा मच्चियो। रानुले गाएको गीतले बलिउड अभिनेता सलमान खानले समेत आँखाबाट आसु झारे र उनलाई सहयोग गररे। उनीसँग अहिले पैसा र बलिउडका चर्चित गायकको साथ छ।

उनले गाएको गीतपछि बर्षौ साथ छुट्टिएकी रानूकी छोरी समेत भेटाएकी छिन् । उनको छोरीको नाम हो साती। साती रायको पनि श्रीमान्‌सँग सम्बन्ध विच्छेद भइ सकेको छ। सातीको एउटा छोरा छ। उनी पनि साधारण किराना पसल चलाएकी छिन्। रानुले आफ्नो छोरीसँग भेटेपछि यसरी गीत गाएकी छिन्।

यता, रानुलाई सामाजिक सञ्‍जालमार्फत ल्‍याउने अतिन्द्रले आफ्नो ब्लगमा लेखेका छन्, ‘ आज वास्तवमा म धेरै नै खुसी छु।केवल भगवानलाई मात्रै थाहा छ की म किन खुसी छु। पैसा जीवनमा कुनै पनि ठूलो चीज होइन रहेछ। रहेछ त केवल साथ, सहयोग र माया दीनदुखीप्रति। मेरो एउटा भिडियोको कारण आज रानु आफ्नो छोरी बर्षौपछि भेट्टाएकी छिन्।’

रानु मंडलले गाएको गाएको ‘तेरी-मेरी’ गीतले बलिउडका संगीतकारहरु थप गीत गाउन लालायित भएका छन् । यस्तै बलिउड अभिनेता सलमान खानले भने नयाँ बंगला दिने बताएका छन् भने हिमेशसँग अब उनको गीत गाउने रेट बढातउनु पर्ने बताएका छन्। हिमेशले तेरी-मेरी गीत गाएबापत रानुलाई ६ लाख भारतीय रुपैया दिएका थिए। तर रानुले उक्त पैसा लिन भने अस्वीकार गरेकी थिइन्।

Related Articles

Back to top button
Close