अन्तर्राष्ट्रिय समाचार

बलिउडमा अर्को ठुलो सोक, चर्चित हास्यकलाकारको निधन, अन्तिम संस्कारमा पुगे बलिउडका कलाकार (तस्विरसहित)

काठमाण्डौ – बलिउडका वरिष्ठ अभिनेता तथा चर्चिच हाँश्यव्यंग्यकार जगदीपको निधन भएको छ । उनको बुधबार बेलुका मुम्बईस्थित घरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

८१ वर्षका जगदीप क्यान्सरसँग लडिरहेका थिए । बुधबार बेलुका साढे आठ बजे निधन भएका उनको बिहीबार बिहान ११ बजेपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको बिबिसीले हिन्दीले लेखेको छ ।

उनको निधनपछि बलिउड शोकमा छ । अभिनेता अनुपम खेरले ट्वीट गरेर अर्को एक तारा धर्तीबाट आकाश गएको उल्लेख गरेका छन् । जगदीपले बलिउडका सुपरहिट चलचित्रहरुमा काम गरेका छन् । उनले शोले चलचित्रमा सूरमा भोपालीको भूमिका निर्वाह गरेका थिए । यस्तै अन्दाज अपना अपनामा उनले गरेको कामको पनि खुब चर्चा हुने गर्छ ।

जगदीपले झण्डै ४०० चलचित्रमा काम गरेका छन् । उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी हो । तर चलचित्र जगतमा उनी जगदीपका नामले चर्चित भए । उनको जन्म सन् १९३९ को मार्च २९ मा भएको हो । चर्चिच अभिनेता जावेद जाफरी र नावेद जाफरी उनका छोरा हुन् । अन्तिम संस्कारका तस्विर तल हेर्नुहोस

यो पनि : सुशान्त राजपूतपछि अर्का भारतीय अभिनेता सुशीलले पनि गरे देहत्याग

बलिउडमा सुशान्त सिंह राजपुतले देहत्याग गरेसंगै कलाकारहरुको देहत्याग गर्ने क्रम बढेको छ । सुशान्तपछि देहत्याग गर्नेमा अर्का बलिउड कालाकार सुशील गौडाले पनि देहत्याग गरेका छन् । कन्नड टिभी अभिनेता सुशील गौडाले देहत्याग गरेका हुन् । देहत्याग गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

यस अर्थमा वर्ष २०२० भारतीय सिने जगतकालागी दुःखद रहेको मानिएको छ । बलिउडका स्टारहरु ऋषि कपूर, इरफान खान, सुशान्त सिंह राजपूतलगायतका सेलिब्रेटीहरुको निधन भएको वर्ष नै २०२० हो । ऋषि र इरफानले क्यान्सरकै कारण ज्यान गुमाउनु परेको थियो भने, सुशान्तले डि प्रेसनको शिकार भएपछि यहि बाटो रोजेका थिए ।

३० वर्षका सुशील आफ्नो गृहनगर कर्नाटकमा बस्थें । उनले रोमान्टिक सिरियल अन्तपुरामा काम गरेका थिए । प्राप्त जानकारीअनुसार सुशीलले मंगलबार देहत्याग गरेका हुन् । अभिनेतासँगै उनी फिटनेश ट्रेनर पनि थिए र कन्नड फिल्म उद्योगमा आफुलाई स्थापित गर्न मेहिनत गरिरहेका थिए । प्रदर्शनमा आउन बाँकी रहेको ‘सालागा’ फिल्ममा उनले पुलिसको भूमिका निर्वाह गरेका थिए, यस फिल्ममा अभिनेता दुनियाँ विजय लिड रोलमा छन् ।

सुशीलको निधनपछि अभिनेता दुनियाँ विजय निकै दुखित भएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जब मैले पहिलोपटक उनलाई देखेको थिएँ तब मलाई उनी हिरोजस्तो लाग्यो । फिल्म रिलिज हुनअघि नै उनले हामीलाई चाँडैं छाडेर गए ।

अर्का निर्देशक अरविन्द कौशिकले आफ्नो फेसबुकमा लेखेका छन्, ‘निकै दुःखद खबर प्राप्त भयो । सुशील गौडा जो टिभी सिरियल ‘अन्तपुरा’ मा लिड रोलमा थिए, अब यस दुनियाँमा रहेनन् । उनको आत्मालाई शान्ति मिलोस् ।’

Related Articles

Back to top button
Close