भिडियोसमाचार

पैसा नदिएपछि नरिवल व्यापारीमाथि प्रहरीले गरे हातपात (भिडियो सहित)

बिहीबार दिउँसो जानकी चोकस्थित नरिवल व्यापारीलाई प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । जानकी मन्दिरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले नरिवल बेचेर जीवन निर्वाह गर्दै आएका रोशन चौधरीलाई कुटपिट गरेका थिए ।

चौधरीले आफूसँग प्रहरीले सुरुमा मसँग पैसा मागेको र पैसा नदिएपछि गालामा हिर्काएको बताएका छन् । भिडियो सार्वजनिक भएको थाहा पाएपछि ती पर्यटक प्रहरीले भिडियो सार्वजनिक गर्ने सुशील कर्णमाथि पनि हातपात गरेका छन् ।

घटना विषयमा छानविन जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन् ।

ब्रेकिंग…..जानकी मन्दिर भित्र कार्यरत पर्यटक प्रहरी असई वीरेंद्र यादवको नाङ्गो नाच , नियंत्रणमा लिएर युवा अगुवा सुशील कर्णलाई जानकी चौकी परिषर भित्र कुट पिट गरेका छन । कुट पिटको विरोधमा स्थानीय युवाहरु जानकी चौक बन्द गराउदै ।

Gepostet von Ghanshyam Mishra am Donnerstag, 29. August 2019

Related Articles

Back to top button
Close