भिडियोसमाचार

३ वर्ष देखी कतारको जेलमा श्रीमान, श्रीमतीको आँखामा आँशु नभएको दिन छैन, धरौटी रकम ३५ लाख भनेको बेला ३५ रुपैया छैन

काठमाडौँ- सुन्दर हरैचा मोरङ्ग घर भएका सुनिल उराए बैदेशिक रोजगारको लागि कतार गएका थिए । २ वर्ष पछि कम्पनिले दिने बिदा नजिकिदै गर्दा एक साँझ साथिसंग सामान्य भनाभन भयो र त्यसकै दौरान सामान्य झगडामा उनको अत्यन्तै मिलनसार साथि रेवत गिरीको ज्यान गयो जस्को कारण सुनिल ३ वर्षदेखी कतारको जेलमा छन् । उनको घरमा २ छोरा र श्रीमती छन् । सुनिलको जेल जिवन पश्चात घरको सम्पपूर्ण जिम्मा एक्ली श्रीमतीको काँघमा आयो र आज उनी ईटा बोक्ने ढुङ्गा बोक्ने घर बनाउने काम गर्छिन् ।

मृतकको परिवारले ३५ लाख ब्लड मनि दाबि गरेका छन् तर भएभरको ज्यथा बेच्दा १० लाख सम्म मात्र आउने भन्दै श्रीमती राज कुमारी उराउ देखेसो पोख्छिन् । श्रीमान नेपाल फर्किने झिनो आश बोकेकी राज कुमारीको आँखामा आँशु नभएको दिन छैन । जेठो छोरा १४ वर्षका सुरज उराउ र सानो छोरा ९ वर्षका सुजन उराउ । ठूलो छोरालाई बाबु ठूलो भएपछि के गर्छाै भन्दा कतार गएर मेरो बुवालाई भेट्छु भन्छन् । सबैले भिडीयो हेरेर सकेको सहयोग गर्नुहोला ।

Related Articles

Back to top button
Close