भिडियो

पहिरोबाट बाचेकी ८४ बर्षकि आमा रुदै मिडियामा (भिडियो सहित)

गुल्मी – गुल्मीमा पहिरोमा फसेकी एक महिलाको उद्धार गरिएको छ । पहिरोको दलदलमा भासिएकी मुसिकोट नगरपालिका २ की ५५ वर्षीया तारा कुमाललाई १८ घण्टापछि स्थानीयहरुले उद्धार गरेका हुन् ।

कुमाललाई सोमबार बेलुकी ६ बजेतिर खेतमा पहिरोले बगाएको मकै लिएर फर्कँदै गर्दा पहिराेले बगाएको स्थानीयले बताएका छन् । ​

उद्धार गरिएकी महिलालाई अहिले स्थानीय घरमा राखिएको छ । कुमाललाई उपचारकाे लागि सदरमुकाम तम्घास ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिनुभयो ।

गएको बिहीबार राति आएको बाढीले बगाउँदा बेपत्ता बनेका मुसिकोट नगरपालिका २ का ५५ वर्षीय भागीरथ घिमिरे भने अझै भेटिनुभएकाे छैन ।

Related Articles

Back to top button
Close