Tuesday, February 18

पुस २७ गते सार्वजनिक विदा (विज्ञप्तिसहित)

January 7, 2020 734

२२ पुस, नुवाकोट । जिल्लाको विदुर नगरपालिकाले पुस २७ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । पुस १० गते बसेको पाचौँ नगरसभा अधिवेशनको बैठकले राष्ट्रिय एकिकरण दिवसको अवसरमा पुस २७ गते सार्वजनिक दिने निर्णय गरेको हो । बैठकले उक्त दिन विदुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्था स्वास्थ्य संस्था लगायत सम्पूर्ण सरकारी कार्यालयहरुमा सार्वजनिक विदा दिने भएको हो ।

नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेव कुमार पोरखेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकिकरणको अभियान शुरुवात गर्दै विजय हासिल गरी २५ वर्षसम्म नुवाकोकोट साततले दरबारवाट नै राज्यसत्ता सञ्चालन गरेको र पृथ्वीनारायण शाहको देहावसान समेत यसै नगरपालिकामा भएको तथ्यलाई दृष्टिगत गरी स्थानीय पहिचान झल्काउन २०७६ पुस २७ गते सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।’

Loading...

प्रतिकृया दिनुहोस्