खेलकुदसमाचार

भारतलाई हराउन सके नेपाल ‘साफ यू–१५ च्याम्पियन’

काठमाडौं । भारतको पश्चिम बंगालस्थित कल्याणी रंगशालामा जारी साफ यू–१५ च्याम्पियनसिपकाे उपाधिका लागि नेपाल आयोजक भारतविरुद्ध खेल्ने भएको छ । भुटानमाथि ६–० को जित निकाल्दै फाइनल प्रवेश गरेको नेपाल भारतसँग भिड्ने भएको हो ।

भारत डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ४–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । बिहीबारको खेल जित्दै फाइनल प्रवेश गरेका दुवै टीम आइतबार हुने फाइनलमा भिड्दै छन् ।

पाँच टिम सहभागी च्याम्पियनसिपमा भारतले शीर्षस्थान हासिल गरेको छ । पहिलो खेलमै नेपाललाई हराएको भारतले पाँच टिम सहभागी च्याम्पियनसिपमा शतप्रतिशत जित निकालेको हो । पछिल्ला तीनै खेल जितेर नेपाल भने दोस्रो स्थान अाेगट्दै फाइनलका लागि तयार हुन सफल भएको हो ।

साफ यू–१५ मा नेपाल तेस्रोपल्ट फाइनल पुगेको नेपाल यो उमेर समूहमा पहिलोपल्ट च्याम्पियन हुने दाउमा रहेको छ । नेपालका लागि उपाधि हात पार्न यो एक सुनौलो अवसर समेत देखिन्छ ।

Related Articles

Back to top button
Close