समाचार

अक्षय कुमारका ‘जुम्ल्याहा भाइ’ भेटिए कश्मीरमा !

नयाँदिल्ली : कश्मीरको राजनीतिक तनावका बीच यहाँका एक किसान अचानक चर्चामा आएका छन् । बुजुर्ग माजिद मीर नाम गरेका एक किसान सामाजिक सञ्जालमा चर्चित बनेका छन् ।कारण, उनको अनुहार र हाँसो बलिउड अभिनेता अक्षय कुमारसँग मिल्यो ।उनको तस्बिर हेर्दा धेरैलाई लाग्छ कि, उनी वास्तविक अक्षय कुमार नै हुन् । अक्षय कुमारको जुम्ल्याहा जस्तै देखिने मीरको सोही तस्बिर अहिले भाइरल बनेको हो । बुधबार उनको फोटो एबीपी न्युजका पत्रकार आशिष सिंहले ट्वीटरमा पोस्ट गरेका थिए ।

तस्बिरको साथमा उनले ट्वीटरमा लेखेका थिए, ‘कश्मीरमा सुनिल गावस्करका फ्यान माजिद मीरसँग भेट भयो । उनी हरेक दिन यो ह्याट पहिरिन्छन् ।’ ट्वीटर प्रयोगकर्ताले भने उनको त्यो तस्बिरसँगै अक्षय कुमारको तस्बिर ट्याग गर्दै पोस्ट गर्न थाले ।धेरैजसोले उनलाई ‘अध्यक्ष कुमारका जुम्ल्याहा !’ भन्दै शेयर गरेका थिए । तीमध्ये एकजनाले त ‘उनी सुनिल गवास्करका फ्यान कम र कक्षय कुमारका भाइ बढी देखिन्छन्’ भन्दै ठट्टा गरेका थिए ।

Related Articles

Back to top button
Close