Friday, February 28

इरानको समर्थनमा चिन,रसियाले दियो साथ, युद्द हुने संकेत देखेपछि सबैकाम छोडेर जापानका प्रधानमन्त्री जान लागे मध्य पूर्व !

January 7, 2020 864

जापानका प्रधानमन्त्री सिन्जो आबे अर्को हप्ता मध्य पूर्वको भ्रमणमा जानुहुने भएको छ । उहाँले अमेरिकी हवाई आ क्रमणमा परी इरानी सैन्य कमाण्डर मा रिएपछि उत्पन्न तनाव न्युनिकरणका लागि साउदी अरब, ओमन र युएईको भ्रमण गर्नुहुने भएको हो ।

प्रधानमन्त्रीको पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका एक जना प्रवक्ताले आबे यही जनवरी १२ देखि जनवरी १५सम्म मध्यपूर्वको भ्रमणमा जाने बताएका हुन् ।

पार्टीका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री आबेले भ्रमणको विस्तृत विवरण दिनुभएको बताइएको छ । मध्यपूर्वमा सृजना भएको त’नावका बारेमा आफूले गहिरो चासो राखेको प्रधानमन्त्रीले बैठकमा बताउनु भएको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ ।

उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा शान्ति स्थापनाका लागि र स्थायित्वका लागि मैले कुटनीतिक पहलमार्फत् केही योगदान दिन सक्छु भन्ने मैले विश्वास लिएको छु ।”

वासिङ्टन र तेहरानबीचको सम्वन्ध सुधार्नका लागि मध्यस्तकर्ताको रुपमा प्रयास गरिरहनु भएका आबेले ‘गहिरो चिन्ता’ व्यक्त गर्दै आउनु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सृजना हुनसक्ने आशंका गरिएको छ ।

इरानी सैन्य क’मा’ण्डर कासिम सुलेमानीको गत शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको अमेरिकी ड्रोन हमलामा निधन भएको थियो ।

मा रिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आ’तङ्क’का’री’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आ’क्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । जुन कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नै पुष्टि गरेको छ ।

शुक्रबार भएको यस सैन्य कारबाहीपछि उ’त्तेजकरुपमा व्यवहार नगर्न र संयमता अपनाउन विभिन्न देशले आग्रह गरिरहेका छन् । चीन, रुस र सिरियाले यस हवाई आ’क्रमणको आलोचना गरेका छन् ।

दक्षिण कोरियाली उच्च सुरक्षा सल्लाहकार अमेरिका

दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकार अमेरिकाको भ्रमणमा जानुभएको छ । उहाँ मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको दक्षिण कोरियाली समाचार समिति, योन्हापले जनाएको छ । उहाँ अमेरिकापछि जापान पनि जानुहुने कोरियाली अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार सल्लाहकार चुन एइ योङ कोरियाली प्रायद्वीपमा जारी पछिल्लो समयको त’नावका विषयमा आवश्यक सल्लाह गर्न अमेरिका र जापान जान लाग्नुभएको हो । कोरियाली प्रायद्वीपको पछिल्लो अवस्थाका बारेमा सल्लाहकार चुनले आवश्यक अमेरिका र जापानसँग आवश्यक परामर्श गर्न लाग्नुभएको हो ।

दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा निशस्त्रीकरणको माध्यमबाट दिगो शान्ति स्थापनाको समाधान खोजिरहेको छ । तर उत्तर कोरिया र अमेरिकाको पछिल्लो वार्तापछि पनि त्यहाँ शान्ति स्थापनाको काम हुन भने सकिरहेको छैन । उहाँले बुधबार अमेरिकी राष्ट्रपतिको कार्यालय रोबर्ट ओ बरिनसँग कोरियाली प्रायद्वीपको बारेमा आवश्यक सरसल्लाह गर्नुहुने छ ।

Loading...

प्रतिकृया दिनुहोस्