Banner newsसमाचार

सुरेन्द्र बोम्जन सहयोगार्था सांस्कृतिक कार्यक्रम श्रावण ११ शनिबार

काठमाडौं । सिन्धुली, घ्याङलेख गाउँपालिकाका बर्ष ३५ को सुरेन्द्र बोम्जनको भाँचिएको मेरुदण्डको उपचार खर्चमा सहयोग पुर्याउनका लागि पिडित बम्जन सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । खोज ईन्टरटेन्मेन्ट एण्ड मिडिया प्रा.लि.द्वारा आयोजित उक्त कार्यक्रम यही शनिबार श्रवण ११ गते याङ्ग्रीमा सिटी होटेल बौद्धमा गर्न लागेको हो ।
भिरबाट लडेर मेरुदण्ड भाँचिएको सुरेन्द्रको आर्थिक कमजोरीकै कारण विगत ७ बर्षदेखि पुर्ण उपचार हुन सकेको छैन । उपचारका लागि करिब ७० देखि ८० लाखसम्म खर्च हुन्छ डाक्टरले भन्नुभएको छ । पछिल्लो समय थुप्रै मजस्तै पिडितहरुलाई करोडौं सहयोग रकम जुटेको देख्दा म पनि फेरि दुबै खुट्टा टेकेर हिंड्ने सपना देख्छु, त्यसैले यहाँहरुमाझ सहयोगको हात फैलाउदैछु सुरेन्द्रले भन्नुभयो ।
देशकै ख्यातिप्राप्त कलाकारहरुको साथमा हुने उक्त बृहत साँस्कृतिक कार्यक्रमका दर्शकहरुबाट सहयोग जुट्ने अपेक्षाले आयोजकले कार्यक्रमको आयोजना गरेको हो ।

Related Articles

Back to top button
Close