समाचार

मलेसिया जान चाहानेहरुका लागी आयो यस्तो खबर

मलेसिया रोजगारी खुलाउन भदौ महिनाभित्र क्वालालम्पुरमा दुई देशीय बैठक हुने भएको छ। १५ महिनादेखि बन्द भएको उक्त देशमा रोजगारीको लागि खोल्न बैठेक बस्ने भएको हो ्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न १ सय २२ स्वास्थ्य संस्थालाई सूचीकृत गरेर साउन २१ मा सूचीकृत नाम मलेसिया पठाएको थियो ्र नामावली पठाएपछि दुई देशीय बैठक हुन लागेको हो ।मलेसिया सरकारको स्वास्थ्य मापदण्ड र निर्दे्शिका पूरा गरेको विशेषज्ञ समितिको सिफारिसका आधारमा यी संस्था छानिएका थिए । ‘मलेसियाको मानव संसाधन मन्त्रालयले संयुक्त कार्यदल बैठक सेप्टेम्बर दोस्रो साता गर्ने जानकारी गराएको छ,’ मलेसियन राजदूत उदयराज पाण्डेले जानकारी दिए ्र

उक्त बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव विनोद केसीसहितका पदाधिकारी क्वालालम्पुर जाने भएका छन् । नेपालले पठाएको स्वास्थ्य संस्थाको सूची र तोकिएको मापदण्डबारे द्विपक्षीय छलफल भएपछि सहमतिका आधारमा मलेसिया रोजगारी खुल्ने श्रम मन्त्रालयका एक अधिकारीले बताए ।गत वर्ष जेठ २ मा श्रम मन्त्रालयले एकपक्षीय रूपमा तोकिएका संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने प्रावधान हटाएपछि मलेसिया रोजगारी बन्द भएको थियो । गत कात्तिकमा श्रम सम्झौता भएपछि बायोमेडिकल गर्ने संस्था छनोटमा ढिलाइ भएकै कारण रोजगारी खुल्न सकेको थिएन। ( यो समाचार आजको कान्तिपुर दैनिकमा छ

Related Articles

Back to top button
Close