समाचार

स्वर्गीय प्रकाशको जन्मदिन : “बिना मगरले लेखिन् , एक्लै संघर्ष गर्न निकै गाह्रो रहेछ”

२०७४ साल मंसिरमा निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालको आज जन्मदिन रहेको छ ।

आफ्ना श्रीमान स्व प्रकाश दाहाललाई सम्झँदै खानेपानी मन्त्री बिना मगरले सामाजिक सञ्जाल फेसबुकमा एउटा भावुक स्टाटस् लेखेकी छिन् ।

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका एक मात्र स्वर्गीय छोरा प्रकाश दाहालको बुधबार जन्मदिन परेको हो ।

पारिवारिक सदस्य, आफन्त र शुभचिन्तकहरुले प्रकाशलाई श्रद्धाञ्जली दिँदै उनको स्मरण गरिरहेका छन् ।

२०३८ साल असार १७ गते जन्मिएका प्रकाशको २०७४ मंसिरमा निधन भएको थियो । सामाजिक सञ्जाल फेसबुकमा विना मगर स्टाटसको आसय प्रकाशले छाडेर गएको समाजमा संघर्ष गरिरहेको तर, संघर्ष गर्न निकै कठिन रहेको भेटिन्छ ।

Related Articles

Back to top button
Close