समाचार

स्थायी समिति सदस्यको घेरामा परे ओली, आज बोल्ने सबैले गरे आलोचना गर्दै मागे राजीनामा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी ओली पछिल्लो समय थप दबाबमा पर्दै गएका छन् । मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्यले ओलीको राजीनामा गरे लगत्तै बुधबारको बैठकमा बोल्दै ५ प्रभावशाली नेताहरु योगेश भट्टराई, मात्रिका यादव, लीलामणि पोखरेल, पेशल खतिवडा र नन्दकुमार प्रसाईंले आ–आफ्नो धारणा राख्दै ओली विरुद्ध खरो रुपमा उत्रिएका छन् ।

प्रधानमन्त्री ओलीको अभिव्यक्ति र नेकपा एमाले पार्टी निर्वाचन आयोगका दर्ता भएको विषयमा केन्द्रीत भएको छलफलमा बोल्ने पाँचै नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र अभिव्यक्तिको खुलेर आलोचना गरेको स्रोतले जनाएको छ ।

बैठकमा पर्यटनमन्त्री समेत रहेका स्थायी समिति सदस्य योगेश भट्टराई प्रधानमन्त्रीप्रति नरम रुपमा प्रस्तुत भएपनि कार्यशैलीको खुलेर आलोचना गरे भने बाँकी ४ सदस्यले भने ओलीको राजीनामाको विकल्प नरहेको अभिब्यक्ति दिएपछि प्रधानमन्त्री ओली थप दबाबमा परेका हुन् । लीलामणि पोख्रेल र मात्रिका यादवले ओलीको राजीनामा भन्दा अर्को विकल्प नै भएको धारणा राखे । उनीहरुले पहिलो सर्त नै ओलीको राजीनामा भएकोमा जोड दिएको स्रोतबो दाबी छ ।

Related Articles

Back to top button
Close