समाचार

बाबा रामदेवले अब कोरोनाको औषधि बेच्न पाउने, सरकारले दियो मान्यता !

काठमाडौं, १७ असार । बाबा रामदेवले बोली फेरेपछि भारतको आयुष मन्त्रालयले कोरोनियल किट बेच्न अनुमति दिएको छ । बाबा रामदेबले पतञ्जली आयुर्वेद मार्फत बनाएको भनिएको कोरोना भाइरस बिरुद्धको औषधीको यस अघि मन्त्रालयले बेच्न रोकेको थियो । रामदेवले अहिले बोली फेर्दै उक्त औषधिलाई कोरोना बिरुद्धको नभै इम्युनिटि बुष्टर मात्र हो भनेका छन् ।

बिस्तृत विवरण उल्लेख नभएको र औषधिबारे थप प्रष्ट हुनु पर्ने भन्दै मन्त्रालयले यसको प्रचार र बिक्री गर्न रोकेको थियो । आयुष मन्त्रालयले क्लिनिकल ट्रायल गरिएको स्थान, संख्या र यसको प्रोटोकलबारे प्रष्ट नभएको भन्दै औषधि बिक्री रोकेपछि रामदेव आक्रोशित हुँदै मिडियामा आएका थिए ।

यसैगरि औषधिको लाइसेन्स, किसिम र कम्पोजिसनबारे थप जानकारी दिन उत्तराखण्ड सरकारसँग पनि माग गरेको थियो । कोरोनिल र सास्वरी नामक औषधि बनाएर आजै रामदेवले कोरोना भाइरस बिरुद्धको औषधि भन्दै सार्वजनिक गरेका थिए ।

कोरोनाको कहरबीच औषधी बनेको धेरै दावी भए । नेपालमै पनि औषधी बनेको दावी गरेएको थियो । भारतमा भने बाबा रामदेवले कोरोना भाइरसको औषधि बनाएको बताएका थिए । उनले आफ्नो दावी पुष्टि गर्ने केही आधारहरु पनि प्रस्तुत गरेका थिए।

रामदेवले कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गर्दै यो कोरोनाको भाइरस ठीक पार्न अचुक रहेको बताएका थिए । यसको ल्याव टेष्ट र ट्रायल दुवै भएको बाबा रामदेवले दावी गरेका थिए।

बाबा रामदेवका अनुसार दिल्ली सहितका सहरमा भएको क्लिनिकल कन्ट्रोल स्टडीमा २८० जना संक्रमित सहभागी भएको दावी थियो । उनले भने, ‘शतप्रतिशत विरामी ठीक भए, एक जनाको पनि ज्यान गएन ।’

क्लिनिकल कन्ट्रोल ट्रायलमा भने १०० जना सहभागी भएको र उनीहरुमध्ये ६९ प्रतिशत संक्रमित ३ दिनमै ठीक भए भने सात दिनमा सबैको रिपोर्ट नेगेटिभ आएको रामदेवको दावी थियो ।

रामदेवको दाबी अनुसार उनेको औषधिको शतप्रतिशत रिकभरी दर छ, शून्य प्रतिशत मृ त्यु दर छ ।’ यो औषधि बनाउन अश्वगन्धा, तुलसी लगायतको प्रयोग गरिएको रामदेवले बताएका छन् ।

Related Articles

Back to top button
Close