समाचार

अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्: गगन थापा

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद गगन कुमार थापाले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफू जोगिन र आफ्नालाई जोगाउन व्यस्त भएको आरोप लगाउनु भएको छ ।देशमा सलह किरा र काेराेनाभाइरसकाे प्रभाव बढ्दाे भएपनि सरकारले त्यसतर्फ ध्यान नदिएकाे उहाँकाे आरोप छ । सांसद थापाले सामाजिक संजाल ट्विटरमा लेख्नु भएको छ, ‘सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले !बरु यिनको त गति र प्रभाव बढ्दो छ ।’

सांसद थापाले कुरा सुन्ने र काम गर्ने सरकार दिन आग्रह पनि गर्नुभएकाे छ । ‘नेकपा सचिवालयलाई विनम्र अनुरोध छ : अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।’बालुवाटारमा हिजो बसेकाे नेकपा स्थायी समितिको बैठकमा नेकपाभित्रकाे ‘युद्धविराम’ भंग भएकाे थियाे । उक्त बैठकमा बोल्ने १८ जना सदस्यमध्ये १७ जनाले प्रधानमन्त्रीको नेतृत्व र कार्यशैली ठिक नभएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राख्नुभएकाे थियाे ।नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा माग्नुभएकाे थियाे ।

प्रधानमन्त्रीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको दुई दिनअघि अभिव्यक्ति दिनुभएकाे थियाे । त्यसलाई लिएर प्रचण्डले ‘दिल्लीले होइन, मैले मागेको हो राजीनामा’ भनेर भन्नु भएकाे थियाे ।त्यस्तै वरिष्ठ नेता माधव नेपालले पनि प्रधानमन्त्रीओलीलाई ‘तपाईंबाट सरकार र पार्टी चल्न सक्दैन, दुवै पदबाट राजीनामा दिनुस्’ भन्नु भएकाे थियाे ।

Related Articles

Back to top button
Close